‘मिनी नेपाल’ थियो नयाँ सडकको पिपलबोट
नयाँ सडक पिपलबोट भनेपछि सिङ्गो नेपालको प्रतिनिधित्व हुने युग थियो, एकताका। बाहिरबाट पहिलोपल्ट काठमाडौँ आउने जो कोही पिपलबोट पुग्थ्यो। त्यहाँ कोही न कोही चिनजानका मान्छे भेटिहालिन्थ्यो।
आकार प्रकारमा कहाँ ठूलो हो र, पिपलबोट! तर, सिङ्गो नेपाल अटाउने। चारतिरका मान्छे भेला हुने। केन्द्र नै थियो। पिपलको बोट कति वर्षको होला? कसले रोपेको होला? अहिलेसम्म यो जिज्ञासा मेटिएको छैन।
१९९० सालमा ठूलो भूकम्प नगएको भए शायद नयाँ सडक बन्ने थिएन। त्यति बेला राणा शासन थियो। जुद्धशमशेर श्री ३ महाराज थिए। राणा शासनमा राजालाई श्री ५ महाराजधिराज भनिन्थ्यो र श्री ३ लाई चाहिँ राजा। राज्यको कार्यकारी अधिकार श्री ३ महाराजले प्रयोग गर्थे।
जुद्धशमशेरले नै नयाँ सडक बनाउन लगाए। अनि नयाँ सडकको झण्डै झण्डै बीच भागमा आफ्नो सालिक पनि बनाए। सालिकबाट उत्तरतिर इन्द्रचोक आकाश भैरवस्थानसम्म, पश्चिममा वसन्तपुरसम्म, दक्षिणमा पुरानो भन्सारसम्म, र पूर्वमा सदर टुँडिखेलसम्म फराकिलो सडक निर्माण भयो।
नयाँ सडकमा भव्य गगनचुम्बी घरहरू बने। ती घरमा अनेक पसलहरु खुले। सुनदेखि नून, उनदेखि चूनसम्म किन्न पाइने भयो। यसअघि काठमाडौँका पुराना बजार इन्द्रचोक, असनतिर मात्र अन्यत्र नपाइने वस्तुसमेत पाइन्थ्यो। अब त्यस्ता वस्तु नयाँ सडकतिर भेटिन थाल्यो। महङ्गादेखि सस्ता वस्तु पाइने हुँदा नयाँ सडक आकर्षणको केन्द्र बन्दै गयो।
नयाँ सडकमा जनसेवा र रञ्जना सिनेमा हल, नेपाल बैंकको केन्द्रिय कार्यालय खुले। सम्पन्नहरुका लागि पारस होटेल खुल्यो। सर्वसाधारणलाई बारा, पकौडा, छ्ेवला, कचिला, च्युरा तरकारी जस्ता खाजा खुवाउने साना होटल पनि खुले।
रुख चढेर पत्रिका बेच्ने !
नयाँ सडक पिपलबोट सबै राजनीतिक पार्टीको साझ मञ्च जस्तै थियो। कतिपय साना राजनीतिक दल र कोठाभाडा तिर्न नसक्ने सामाजिक संघ संस्थाहरूको कार्यालय झोलामा बोकेकाहरु त्यहीँ आइपुग्थे। संस्थाको प्रमुख एउटा झोला लिएर पिपलबोटमा गफिन आउँथे। उनीहरुका झोलामा संस्थाको छाप, मसीको प्याड, लेटर प्याड त्यही झोलामा हुन्थे। त्यस्ता दल र संस्थालाई ‘झोले दल’ र ‘झोले संस्था’ भनिन्थ्यो।
त्यती बेला पत्रिका सानो आकारका हुन्थे। गोरखापत्र भने ठूलो आकारको थियो। दैनिकभन्दा साप्ताहिक पत्रिकाको संख्या बढी थियो। पत्रिका अहिले जस्तो बिहान होइन अपरान्ह २ देखि ४ बजेसम्म प्रकाशित हुन्थे। पत्रिका पढनेहरू राजनीतिक नेता कार्यकर्ता, शिक्षक, जागिरे र विद्यार्थी थिए। दैनिक पत्रिका प्राय पाँच पैसामा बिक्थ्यो।
धेरै राजनीतिक कार्यकर्ताहरू पाँच पैसा तिरेर पनि किन्न नसक्ने अवस्थाका थिए। अर्कोले पढेको अखबार यसो आँखा तानी तानी पढ्न खोज्थे। केही मान्छे त्यसरी पढ्न दिँदैन थिए। नयाँ सडक पिपलबोट नै पत्रिका बेच्ने मुख्य थलो थियो। त्यहाँ कुनै पत्रिका २०० पत्रिका बिक्यो भने धेरै लाग्थ्यो। त्यस्ता पत्रिका प्रकाशकले उत्सव नै मनाउँथे।
कुनै दिन कुनै पत्रिकामा विशेष समाचार छापिएको छ भने मारामार बिक्थ्यो। पत्रिका बेच्ने मान्छेले भिड धान्न नसकेर पिपलको बोटमा चढ्थ्यो। अनि तल बसेको उसको सहयोगीले पहिला पैसा लिन्थ्यो र रुखबाट बल्ल पत्रिका फालिदिन्थ्यो।
पत्रिकामा अग्रलेखहरू कम मात्र छापिन्थ्यो। लेख लेख्नेहरू पनि नगन्य थिए। लेखकहरूलाई लेखकश्व दिने चलन थिएन।
भूकम्प स्मारक हो, भूगोल पार्क
नयाँसडक पिपलबोट साहित्यकार, कलाकार, पत्रकार, बेकार सबै ‘कार’ भेट हुने सार्वजनिक ठाँउ थियो। जुलुस निकाल्न परे पिपलबोट पुग्नै पथ्र्यो। खडानन्द नामका एक जना वामपन्थी युवकले काम पाएनछन्। अनि नयाँसडक पिपलबोट मुनि जुत्तामा पालिस लगाउन बसे।
नयाँसडक पिपलबोट साहित्यकार, कलाकार, पत्रकार, बेकार सबै ‘कार’ भेट हुने सार्वजनिक ठाँउ थियो। जुलुस निकाल्न परे पिपलबोट पुग्नै पथ्र्यो। खडानन्द नामका एक जना वामपन्थी युवकले काम पाएनछन्। अनि नयाँसडक पिपलबोट मुनि जुत्तामा पालिस लगाउन बसे।
त्यति बेलासम्म जातीय मान्यता चर्कै थियो। ‘बाहुनका छोराले अरु काम नपाइ जुत्तामा पालिस लगाएर बाच्नु पर्नेभयो’ भनि सरकारलाई व्यंग्य गरेको रे। तर, वामपन्थीले ‘बाहुनले गर्न नहुने पेसा गरेर व्यंग्य गरेको’ भन्दा त उल्टै वाम विचारधारालई नै व्यंग्य भयो।
जे भए पनि त्यो घटनामा सार्वजनिक चासो भयो। समाचार बन्यो। मेरा लागि पनि त्यो ठूलो समाचार थियो। उता गोल्छे सार्कीले भने खडानन्दको प्रशंसा गरेछन्।
पिपलबोटको पश्चिममा भूगोलपार्क छ। त्यो नयाँ सडकसँगै बनाइएको हो। १९९० सालको महाभूकम्पको स्मारकको रूपमा तत्कालीन राणा शासनले ‘भूगोल पार्क’ बनाएको हो। वास्तवमा त्यो काम सारै बुद्धिमानी पूर्ण लाग्यो। भूगोल पार्कभित्रै एउटा कुनामा चिया कफी र थरिथरिका खाजा खान पाइने रेष्टुरेण्ट पनि थियो। खुब चल्थ्यो।
भूगोल पार्कबाट गिरफ्तार
नेपालमा २००९ सालमा न्यून वैतनिक कर्मचारी संघले आन्दोलन ग¥यो। आन्दोलनमा व्यापक धरपकड भयो। त्यसकारण संघले आन्दोलन चर्काउन विद्यार्थीसँग सहयोग माग्यो। म पनि विद्यार्थीसहितको उक्त आन्दोलनमा सहभागी हुने भएँ।
त्यही बेला सरकारले सुरक्षा कानून लगायो। हामी विद्यार्थी सुरक्षा कानून तोडन संघर्षमा उत्रियौँ। ‘कालो कानून मान्दैनौँ’ भन्ने नारा लगायौँ। जेठबाट न्यून वैतनिक कर्मचारी आन्दोलन शुरु भएको थियो। तर, विद्यार्थीहरु केही पछि मात्र सहभागी भएका थिए। त्यसैले मेरो पालो असारमा मात्र आयो। मैले भूगोल पार्कमा विद्यार्थीको सहभागितामा सार्वजनिक सभा गर्नु थियो।
ठूलाठूला ठुला कपडा पसल त्यहीँ थिए। रणमुक्तेश्वरमा ताजा सागपात र माछा पसल थिए। बाटा कम्पनीको बलिया जुत्ता त्यही पाइन्थ्यो। भाडामा साइकल पनि पाइन्थ्यो। अमेरिकन लाइब्रेरी, रसियन चाइनिज पुस्तकालय आदि त्यहीँ थिए।
मैले सभापतिको नाम मात्र के बोलाएको थिएँ, प्रहरीले घोक्रेठ्याक लगाइहाल्यो। अनि सडकमा भएको प्रहरीको लहरीमा कोचेर लग्यो। पक्राउ परेको दिन धुस्नु पारेर कुट्यो। पर्सिपल्ट साँझ मात्र छाडिदियो।
केही दिनमा सरकारले माग पुरा गर्ने आश्वासन दिएपछि आन्दोलन रोकियो। अनि विद्यार्थीका तर्फबाट आन्दोलन सफल पार्न सहयोग गरेकोमा विभिन्न संघ संस्था र आम जनतालाई धन्यवाद अर्पण गर्न भूगोल पार्कमै आमसभा ग¥यौँ। अघिल्लो पटक त सभापतिको नाम प्रस्ताव गर्दा पनि धक लागेर खुट्टा थरथर कामेका थिए।
तर, पक्राउ परी चरम यातना भोगेपछि मेरो मनोबल दरो भएछ। अनि त त्यो दिन भूगोल पार्कमा भाषण गर्दा के को खुट्टा काम्नु? भाषण गर्ने फूर्ति पो आयो त! यसरी मेरो नेतृत्व विकासमा भूगोल पार्क, नयाँ सडक र पिपलबोटले महत्वपूर्ण भूमिका खेलेका छन्।
पिपलबोटः सानो नेपाल !
शब्दान्तरमा नयाँ सडक पिपलबोट ‘सानो नेपाल’ नै थियो। कूटनीतिकदेखि विशिष्ट व्यक्तिहरूका लागि जलपान, चिया चमेनाको लागि पारस होटेल प्रख्यात थियो। सफाइ–धुलाइ कार्यालय वसन्तपुरतिर जाने सडकको मुखैमा थियो। कालभैरव मखनमा एउटा पुस्तक पसल थियो।
ठूलाठूला ठुला कपडा पसल त्यहीँ थिए। रणमुक्तेश्वरमा ताजा सागपात र माछा पसल थिए। बाटा कम्पनीको बलिया जुत्ता त्यही पाइन्थ्यो। भाडामा साइकल पनि पाइन्थ्यो। अमेरिकन लाइब्रेरी, रसियन चाइनिज पुस्तकालय आदि त्यहीँ थिए। सरकरको पक्षमा विपक्षमा निस्कने जुलुस भूगोल पार्क गएन भने त्यो प्रदर्शनको मान्यता नै हुँदैन थियो। सरकारका गुप्तचर त कति कति!
पत्रकारले त्यहीँ गएपछि मात्र समाचार पाइने। ‘यसो भेटौँ न’ भन्यो भने त्यहीँ, पिपलबोट वा भूगोल पार्क। एउटा सानो नेपाल त्यहीँ थियो।
समाज दैनिकका सम्पादक प्रकाशक मणिराज शर्माको घर त्यहीँ। नयाँ समाजका सम्पादक प्रकाशक पशुपतिदेव पाण्डको घर पनि त्यहीँ। मणीन्द्रराज श्रेष्ठको घर त्यहीँ। जनजागृति साप्ताहिकका सम्पादक प्रकाशक नीरमान नेवाको घर त्यहीँ। कानून व्यवसायका धुरन्धर ज्ञाता कृष्णप्रसाद घिमिरेको घर त्यहीँ।
नयाँ सडक पुगेन भने केही छुटेजस्तो। किनभने धेरै घटनाको पहिलो जानकारी नै नयाँ सडकमा हुन्थ्यो।