नेकपा प्रवक्ताले भने- ‘प्रधानमन्त्रीको कदम निरंकुश र परिवर्तनविरोधी’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनकाे कदमलाई निरंकुश र परिवर्तनविरोधी भनेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानमन्त्रीले संसद विघटन गर्न गरेको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक प्रतिगामी कदम भनेका छन्।
‘यो लागू हुन सक्दैन। यसकका विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरू एक होऔं’, नेकपा प्रवक्ता श्रेष्ठले लेखेका छन्।