क्रिस्टल प्यालेसको पोष्टमा लिभरपुलको सात गोल, म्यान्चेस्टर सिटी पनि विजयी
इङ्लिस प्रिमियम लिग लिडर लिभरपुलले गए राति भएको खेलमा क्रिस्टल प्यालेसलाई ७-० गोलले पराजित गरेको छ।
क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहस्र्ट पार्क स्टेडियममा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाह र रोबर्टो फर्मिनोले दुई दुई गोल गरे। टाकुमी मिनामिनो, साडियो माने र जोडर्न हेन्डरसनले पनि एक एक गोल गरे।
जितसँगै १४ खेलबाट लिभरपुलले ३१अंक बनाएको छ। दोस्रो स्थानको एभरर्टनको २६, तेस्रो स्थानको टोटेनहम हट्स्परको २५ र लेस्टर सिटीको २४ अंक छ। टोटेनहम र लेस्टरले १३ खेल मात्र खेलेका छन्। यी दुई टीम आज राति भिड्दैछन्।
गए राति नै भएको अर्को खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्टनलाई पराजित गरेको छ। सिटीका लागि खेलको १६औँ मिनेटमा नै रहीम स्टर्लिङले खेलको एक मात्र गोल गरेका थिए। जितसँगै १३ खेलबाट २३ अंक बटुल्दै सिटी अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
तर, यो सिजन खराब प्रदर्शन गरेको आर्सनल भने पराजित भएको छ। उसलाई एभर्टनले २-१ गोलले पराजित गरेको छ। आर्सनलका रोब होल्डिङले आत्मघाती गोल गरेपछि एभर्टनले अग्रता लिएको थियो। निकोलस पेपेले पेनाल्टी गोल गर्दै आर्सनललाई खेलम फर्काएका थिए। तर ४५औँ मिनेटमा थेरी मिनाले गोल गरेपछि आर्सनल पराजित भएको छ।
आर्सनल १४ खेलबाट १४ अंकसहित १५औँ स्थानमा छ। ऊ रेलिगेसन जोनको पहिलो क्लब बन्र्लीभन्दा चार अंकले मात्र माथि छ।