बिस्केट जात्रामा ढुंगा हानाहान, नौ जना घाइते
भक्तपुरमा बिस्केट जात्रामा ढुंगा हानाहान हुँदा नौ जना घाइते भएका छन् ।
गएराति भैरवको को रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा भक्तपुर नगरपालिका–१३ का माइला दुवाल, भक्तपुर–४ का रोजेश शिलाकार, भनपा–१ का अशिष शिलाकार, रौतहट चन्द्रपुरका उमेश कुमार, काभ्रे मण्डन देऊपुरका विकास तामाङ, भनपा–६का मनीष कासुला, र भनपा–का रिमेश शाही घाइते भएका हुन् ।
त्यस्तै रथबाट खसेर भनपा–५ का पुण्यराम सितिखु पनि घाइते भएका छन् ।
रथ वंशगोपाल पुर्याउँदा एउटा घरमा ठोक्किएपछि ढुङ्गा हानाहान भएको हो ।
सामान्य ढुङ्गा हानाहान आफै नियन्त्रणमा आएकाे प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले बताए ।
घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ ।
स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनः रथ तान्न शुरु भएको थियो ।
बिहान ४ बजे वंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको छ ।