क्षमाप्रार्थी प्रिय पाठक !
मलाई विश्वास छ, एउटा असल पाठकले आफूलाई मन परेको पुस्तकमाथि ‘मन परेन, समय नष्ट भयो' वा 'पैसा फिर्ता देऊ’ कदापि भन्दैन– भन्नै सक्दैन। मन परेको पुस्तक पाठकले आफ्नो कोठामा सजाएर राख्छ र घत परेका वा पछिसम्म काम लाग्ने ठानिएका शब्द कोरिएका पृष्ठहरु बेलाबेला पुनः पल्टाउँछ।
यो आलेखको प्लट दिमागमा आउँदा स्मृतिमा दुई घटनाले एकसाथ झड्का दिएका छन्।
पहिलो झड्का, आफ्नै कथाबारे। ‘नेपाल साप्ताहिक’मा केही वर्षअघि प्रकाशित उक्त कथाबारे एक पाठकले सामाजिक सञ्जालमा गरेको प्रतिक्रियाले मेरो मन अशान्त बनेको थियो। र, आफ्नो लेखनको स्तरबारे म निकै घोत्लिएको थिएँ।
‘तपाईंको यो खराब कथा हो। मेरो समय नष्ट भयो यो कथा पढेर !’ ती पाठक चिनजानका थिएनन्, अहिले पनि म तिनलाई चिन्दिनँ। ती अञ्जान थिए, मेरो कथाका ‘अग्र्यानिक’ पाठक।
ती पाठक मेरो कथा पढ्दा नष्ट भएको समयको उनी उपचार खोजिरहेका थिए। शायद, त्यसमा पत्रिका किन्दाको पैसाको केही हिस्सा पनि हुँदो हो !
कथा ‘खराब’ त कसरी होला र ! उनले भन्न खोजेको ‘कमजोर’ थियो (यो मेरो स्पष्टीकरण चाहिँ होइन)। कथालाई उनले दिएको विशेषणप्रति मेरो विमति रहे पनि उनको विचारको म पूर्ण सम्मान गर्छु।
मैले त्यो कथा पुनः आफैं पढेँ। कथा अलि काँचै थियो, केही मिलाउनु आवश्यक थियो। कम्तिमा पनि स्वसम्पादनको माग गथ्र्यो।
त्यसबखत मलाई केही ग्लानि, केही अपमानबोध, कथा छाप्न गरिएको हतारोलगायतले एकै पटक चिथोरेका थिए।
मलाई विश्वास छ, एउटा असल पाठकले आफूलाई मन परेको पुस्तकमाथि ‘मन परेन, समय नष्ट भयो वा पैसा फिर्ता देऊ’ कदापि भन्दैन– भन्नै सक्दैन। मन परेको पुस्तक पाठकले आफ्नो कोठामा सजाएर राख्छ र घत परेका वा पछिसम्म काम लाग्ने ठानिएका शब्द कोरिएका पृष्ठहरु बेलाबेला पुनः पल्टाउँछ।
दोस्रो झड्का, मदन पुरस्कार विजेता एक प्रख्यात लेखकको उपन्यासमाथि आएको प्रतिक्रिया। उपन्यासकारले आफ्नो नयाँ कृतिको रचनागर्भ कुनै चल्तीको अनलाइनमा प्रकाशित गरेका थिए। प्रतिक्रिया खण्डमा पाठकले आफ्नो उहापोह पोखेका थिए।
‘यो उपन्यास पढेर मेरो पैसा र समय दुवै नष्ट भयो। समय त तपाईंले फिर्ता दिन सक्नुहुन्न, तपाईंको उपन्यास आधा मूल्यमा तपाईंलाई नै बेच्न चाहन्छु, किनिदिनु हुन्छ ?’
कत्ति बेजोड व्यंग्य ! कति दह्रो थप्पड ! शिष्ट तवरमा उपन्यासप्रति जनाइएको अस्वीकृति थियो त्यो।
म भन्न सक्दिनँ, उपन्यासकारले त्यो प्रतिक्रिया पढ्दा कस्तो महसुस गरे ? तर पाठक प्रतिक्रिया सम्मानयोग्य छ, जसरी मेरो कथाबारेको पाठकको विचार मननीय छ।
पाठक अर्थात् उपभोक्ताले वस्तुजस्तै पैसा तिरेर पुस्तक किनेपछि त्यसको पूरापूर फाइदा पाउनु पर्छ भन्ने मतको म पक्षपाति हुँ। पाठकले पुस्तक पढ्दा आफूभित्र उत्पन्न तरंगलाई प्रकट गर्न पाउनुपर्छ। र, त्यो तरंगको यथासक्य सम्मान लेखकले गर्नुपर्छ।
अब केही थप परिघटनाका सिलसिला।
हालैको एक घटना।
प्रख्यात लेखक खगेन्द्र संग्रौलाको अनुवाद ‘सत्ता र सत्य’ पुस्तक बारे एक पाठकको प्रतिक्रिया। पुस्तकको गातामा अनुवादक नभनेर सोझैं संग्रौलाको नाम राखिदिनाले त्यो उनको मौलिक कृतिजस्तो देखिन गएको थियो। त्यो अनुवाद कृति हो भनी बुझ्न पाठकले गाता पल्टाएर हेर्नुपर्छ।
कुनै एक पाठकले उक्त कृति संग्रौलाको मौलिक होला भनी किने। तर पृष्ठ पल्टाएर हेर्दा अनुवाद रहेको थाहा पाएपछि उनले पसलेसँग आफ्नौ पैसा फिर्ता मागे। उनलाई संग्रौलाको मौलिक लेखनी किन्नु थियो, अनुदित होइन।
अनुवाद भनेको कोही अरुले भनिसकेको कुरा पुनः भन्नु हो। त्यसमा नयाँ कुरा थप्न वा आफ्नो प्रकारले भन्ने छुट हुँदैन। लेखकले त बढीभन्दा बढी अरुलाई सुन्नुपर्छ र अरुले नभनेका कुरा पनि सुन्नुपर्छ। त्यो भनेको मौनलाई समेत सुन्नु हो। र, त्यही मौनलाई लेख्नु नयाँ कुरा हो। अनुवाद नयाँ कुरा होइन।
यो घटना सार्वजनिक भएपछि लेखक संग्रौला स्वयम्ले गातामै अनुवादक नखोल्नु कमजोरी भएको स्वीकारी सकेका छन्।
अर्को एउटा तातो प्रसंग।
‘अरे यार किताब हो, कोभिडको इन्जेक्सन थोडी न हो। कुनै जबरजस्ती छ र ? मन लागे पढ, नलागे नपढ। म पढ्दिनँ, पढ्दिनँ भनेर किन मेरै ह्यान्डलमा रुवाबासी गरेको ?’ अर्का मदन पुरस्कार विजेता पत्रकार–लेखक विजय कुमारको नयाँ कृति ‘सम्बन्धहरु’ बारे उत्पन्न सवालजवाफका क्रममा लेखकले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया हो यो। प्रतिक्रियाकै क्रममा उनको पुस्तक पढिसकेका अर्का एक पाठक लेख्छन्, ‘मेरो पैसा र समय फिर्ता गर्नुहोस् श्रीमान्।’
यी र यस्ता पाठकीय प्रतिक्रियाबारे लेखक गम्भीर हुनुपर्छ कि पर्दैन ?
मलाई विश्वास छ, एउटा असल पाठकले आफूलाई मन परेको पुस्तकमाथि ‘मन परेन, समय नष्ट भयो वा पैसा फिर्ता देऊ’ कदापि भन्दैन– भन्नै सक्दैन। मन परेको पुस्तक पाठकले आफ्नो कोठामा सजाएर राख्छ र घत परेका वा पछिसम्म काम लाग्ने ठानिएका शब्द कोरिएका पृष्ठहरु बेलाबेला पुनः पल्टाउँछ। नजिकको साथीलाई त्यो पुस्तक पढ्न सिफारिस गर्छ, विश्वासिलो साथीलाई पढनका लागि दिन पनि सक्छ वा उपहार पनि दिनसक्छ।
अर्को कुरा, हामीले पुस्तकमा पस्केका स्वाद सबैखाले पाठकलाई मन पर्नुपर्छ भन्ने पनि छैन, त्यो बाध्यताबाट पाठक सर्वथा मुक्त छन्। किनभने, पुस्तकको स्वाद चाख्ने सबै पाठकका दिमाग एउटै छैनन् र हुँदैनन् पनि।
अचेल विदेशी लेखकका पुस्तकको चर्चा अलि बढी हुन थालेको छ। यसले पाठकलाई निकै फाइदा गरेको छ। विदेशी पुस्तकको समीक्षा वा चर्चामा कुनै पूर्वाग्रह पनि देखिँदैन। समीक्षामा लेखक गौण हुन्छ, पुस्तककै महत्ता पर्गेल्ने प्रयत्न बढी गरिएको हुन्छ।
अब मेरो रुचि र पुस्तकप्रतिको विचारको कुरा। पैसा तिरेर किनेको र मन परेको पुस्तक म कम्तिमा दुई पटक पढ्छु। यहाँनिर कताकता ‘रिटर्न अन इन्भेस्टमेन्ट’ (आरओआई) सोच बढी हावी भएको हो कि भन्ने पनि देख्छु। तर यो आदत खराब त लाग्दै लाग्दैन, कमजोर पनि मान्दिनँ। किनकि, म पुस्तक किन्दा निकै सोचविचार गर्छु। विश्वसनीय समीक्षा, पढन्तेहरुको प्रतिक्रियाका साथै साथीभाइसँग कुराकानी गरेपछि मात्रै म पुस्तक किन्छु। यसरी किनेको पुस्तकमा मैले आजसम्म पछुताउनु परेको छैन।
लोकार्पण समारोहकै दिन किनिएका अधिकांश पुस्तकले भने मलाई झुक्काएका छन्, लगानी खेर गएको अनुभूत गराएका छन्। लोकार्पणमा वक्ताका रुपमा बोलाइएका प्रायः समीक्षकले कृतिमाथि भएभरका विशेषणका फुँदा जोडेर अब्बल घोषित गरिदिने परम्परा हामीकहाँ छ। यही कारण अचेल म त्यो दिन सकेसम्म पुस्तक किन्दिनँ। हस्ताक्षरसहित पुस्तक बेच्न बसेका लेखकको आँखा छलेर कार्यक्रम स्थलबाट फुत्त निस्कन्छु।
अब चुरो प्रश्न, मेरा पुस्तक पाठकले पैसा तिरेर किनेपछि मैले जसरी नै पूरापूर लगानी उठाउन पाउनु पर्छ कि पर्दैन ?
‘अवश्य पाउनुपर्छ।’
अचेल विदेशी लेखकका पुस्तकको चर्चा अलि बढी हुन थालेको छ। यसले पाठकलाई निकै फाइदा गरेको छ। विदेशी पुस्तकको समीक्षा वा चर्चामा कुनै पूर्वाग्रह पनि देखिँदैन। समीक्षामा लेखक गौण हुन्छ, पुस्तककै महत्ता पर्गेल्ने प्रयत्न बढी गरिएको हुन्छ।
यसको तुलनामा नेपाली पुस्तकमाथि गम्भीर र विश्वसनीय ढंगमा समीक्षा नलेखिनु विडम्बना बनेको छ। सतही वा आग्रहयुक्त समीक्षा बढी लेखिएको पाउँछु। पुस्तकको स्तरभन्दा बढी अनुहार र सम्बन्ध हावी हुन जाँदा विश्वसनीयता गुम्न पुगेको छ। त्यसैले पनि समीक्षाका आधारमा नेपाली पुस्तक किन्दा धेरैपटक समय र पैसा खेर गएको महसुस भएको छ।
यतिमात्र होइन, पछिल्लो समय कतिपय लेखक ‘ओभररेटेड’ बनाइएका छन्। ओभररेट कहिलेकाहीँ विदेशी लेखकलाई पनि गरिएको पाउँछु। ओभररेट खतरनाक कर्म हो। यसले पाठकमाथि शोषण गर्न मद्दत गर्छ। ओभररेटले पुस्तकको वास्तविक स्तरमा पर्दा हालिदिन्छ। पाठकलाई ओभररेटेड कृति भन्ने कुरा खरीद गर्ने समयमा पत्तो हुुँदैन, किनकि उक्त कृतिलाई त्यसैगरी सर्वत्र प्रचारप्रसार गरिएको हुन्छ। जब पाठकले पुस्तकको पर्दा उघारेर विस्तारै भित्र प्रवेश गर्न थाल्छ, अनिमात्र उसले आफू ठगिएको चाल पाउँछ।
केही समयअघि एकजना पत्रकारले मसँग सोधेका थिए, ‘मानिसको जीवन नै परिवर्तन गर्ने तपाईंले पढेको पुस्तक कुन हो?’ जवाफ मसँग थिएन। मैले त्यस्तो पुस्तक आजका मितिसम्म पढ्न पाएको छैन। म त्यस्तो पुस्तक खोजिरहेको छु।
यत्तिचाहिँ हो, पढिएका राम्रा पुस्तकले दिमागमा झड्का हान्छन्। धेरै दिनसम्म त्यसका पात्रहरुले लखेट्छन्। म पात्रको अनुहार कल्पना गर्न थाल्छु। कहिलेकाहीँ त पुस्तकका पात्र सपनामा पनि आइदिन्छन् र गिजोल्न थाल्छन्।
मलयालम लेखक बेन्यामिनको ‘गोट डेज’ उपन्यासको मूल पात्र नजिब मुहम्मदले मलाई एक रात सपनामा लखेटेको सन्दर्भ म बिर्सनै सक्दिनँ। मन परेको पुस्तक पढिसक्दा मन स्याइँय्य हुन्छ, दिमाग सनन्न हुन्छ। मुखबाट ‘च्व च्व’, ‘आहा’, ‘हत्तेरी’, ‘वाह्’ जस्ता शब्द निस्कन्छन्। यत्ति प्रभाव पार्ने पुस्तकलाई म सुन्दर कृति मान्छु। यीमध्ये एउटै पनि शब्द मुखबाट निस्केन भने म लगानी खेर गएको निष्कर्षमा पुग्छु।
पाठकले अस्वीकार गर्ने जोखिम बढी मात्रामा उपन्यासमा छ। किनकि, उपन्यास कथाजस्तो फुटकर हुँदैन। कथाका पुस्तकमा एउटा मन नपरे अर्को कथा मन पर्न सक्छ। तर उपन्यासमा यो सुविधा पाइँदैन। म आफू बढी मात्रामा कथा लेख्नमा रुचि राख्ने हुनाले सुरक्षित रहन अलि सहज छ भन्ने लाग्छ, पूर्ण सहजचाहिँ होइन।
म आफू यति सचेतताका साथ पुस्तक किन्ने र पढ्ने गर्छु भने पाठकले मेरो पुस्तकबारे सोचेका र दिएका प्रतिक्रियाको स्वागत नगरी बस्न म कहाँ सक्छु र ! पाठकबाट स्वतःस्फूर्त ढंगमा आएका प्रतिक्रिया मेरो लेखनीको ‘हाईवे’ हो। पाठक नै मेरा गुरु हुन्।
पाठकले अस्वीकार गर्ने जोखिम बढी मात्रामा उपन्यासमा छ। किनकि, उपन्यास कथाजस्तो फुटकर हुँदैन। कथाका पुस्तकमा एउटा मन नपरे अर्को कथा मन पर्न सक्छ। तर उपन्यासमा यो सुविधा पाइँदैन। म आफू बढी मात्रामा कथा लेख्नमा रुचि राख्ने हुनाले सुरक्षित रहन अलि सहज छ भन्ने लाग्छ, पूर्ण सहजचाहिँ होइन।
तिनै पत्रकारले सोधेको अर्को प्रश्न, ‘तपाईंलाई आफूले लेखेको सबैभन्दा मन परेको कथा कुन हो ?’
यो प्रश्नको जवाफ पनि मसँग थिएन। मैले उनलाई भनेँ– म आफैंलाई मन पर्ने कथा आजसम्म लेख्न सकेको छैन, त्यस्तो कथा लेख्ने प्रयत्नमा छु।
यो प्रश्नको जवाफ पनि मसँग थिएन। मैले उनलाई भनेँ– म आफैंलाई मन पर्ने कथा आजसम्म लेख्न सकेको छैन, त्यस्तो कथा लेख्ने प्रयत्नमा छु।
यो लेखनी टुंग्याउँदै गर्दा दुई वटा तिता र कडा प्रश्न दिमागमा चलमलाउन थालेका छन्। यी प्रश्न सर्वप्रथम म आफैंलाई सोध्न चाहन्छु।
पाठकले अस्वीकार वा अत्यन्तै कमजोर ठानेका पुस्तक ‘अब नबेच’ भनेर प्रकाशकलाई भन्न सक्छु वा बजारबाट ‘फिर्ता’ ल्याउन सक्छु ?
त्यो कृतिमा रहेका कमजोरी उचित समयमा सच्याउने वा पुनर्लेखन–सम्पादन गर्ने साहस मभित्र छ ?
मेरा प्रिय पाठक,
मैले आजका दिनसम्म जे–जति लेखेँ, तीमध्ये ‘झुर’ लेखेकोमा क्षमाप्रार्थी छु !