मंसीरमा कोरोनाबाट मृत्यु भएका ६१७ जनाको शव सेनाले व्यवस्थाप गर्यो
नेपाली सेनाले मंसीरमा कोरोना संक्रमणबाट मृत्यु भएका ६१७ जनाको शव व्यवस्थापन गरेको छ। सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार सबैभन्दा धेरै, उपत्यका पृतनाले ३१२ जनाको शव व्यवस्थापन गरेको छ।
यस्तै, सुदूरपश्चिम पृतनाले १७, उत्तर पश्चिम पृतनाले २१, मध्यपूर्वी पृतनाले २४ र मध्य पृतनाले ३१ जनाको शव व्यवस्थापन गरेको छ।
मध्यपश्चिम पृतनाले ५८, पश्चिम पृतनाले ६८ र पूर्वी पृतनाले ८६ जनाको शव व्यवस्थापन गरेको सेनाले जनाएको छ।
यी शवहरू सम्बन्धित समुदायको धामिर्क परम्पराअनुसार व्यवस्थापन गरिएको सेनाले उल्लेख गरेको छ।