काठमाडौं उपत्यकामा थपिए २८७ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता २८७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा १६६ पुरुष र १२१ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३९४४, भक्तपुरमा ३११ र ललितपुरमा ७४३ जना सक्रिय संक्रमित छन्।
यस्तै, सोही अवधिमा देशभर भने ५ हजार ७०६ नमूनाको पीसीआर परीक्षण गरिएकोमा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ। यस्तै, अहिलेसम्म १८ लाख ६१ हजार ४३० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ३१७ रहेको छ।
यस्तै, सोही अवधिमा १०२९ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४२७ जना रहेका छन्।
यस्तै, कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टायता थप १६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।