निगमको हङकङ उडान सोमबारबाट, ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य
नेपाल वायुसेवा निगमको हङहङ उडान पुनः सोमबारदेखि शुरू हुने भएको छ। चौंथो पटकसम्म उडान शुरू गरेर यात्रुमा कोभिड पोजिटिभ देखिएपछि उडानमा प्रतिबन्ध लागेको थियो। हङकङ जाने यात्रुले अब ४८ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने व्यवस्था निगमले गरेको छ।
निगमले अन्य गन्तव्यमा ७२ घण्टाको कोभिड परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिने गरेको भएपनि हङकङको लागि भने ४८ घण्टाभित्रको मात्रै रिपोर्टलाई अनिवार्य गरेको हो।
निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार यसअघि ७२ घण्टाको रिपोर्टलाई मान्यता दिँदा हङकङ पुगेपछि कोभिड पोजिटिभ भइसक्ने समस्या बढेकोले एक दिनको समय कम गर्न र कोभिड पोजिटिभ हुने समस्या न्यूनीकरण गर्न खोजिएको हो।
निगमले सरकारी प्रयोगशालाको मात्रै रिपोर्टलाई मान्यता दिन थालेको थियो। तर, पनि कोभिड परीक्षणपछि यात्रुले सचेतना नअपनाएको कारण हङकङ पुगेपछि परीक्षण गर्दा कोभिड पोजिटिभ भएको हुनसक्ने आधारमा ४८ घण्टाभित्रको रिपोर्टलाई मात्रै मान्यता दिने गरेको छ।
निगमले सरकारी प्रयोगशालाको मात्रै रिपोर्टलाई मान्यता दिन थालेको थियो। तर, पनि कोभिड परीक्षणपछि यात्रुले सचेतना नअपनाएको कारण हङकङ पुगेपछि परीक्षण गर्दा कोभिड पोजिटिभ भएको हुनसक्ने आधारमा ४८ घण्टाभित्रको रिपोर्टलाई मात्रै मान्यता दिने गरेको छ।
निगमका अनुसार विगमतमा उडानपूर्वको ७२ घण्टाभित्र जारी कोभिड–१९को परीक्षण गरिएको आरटी-पीसीआर नेगेटिभ प्रमाणपत्र पेश गरी हङकङ गएका केही यात्रुहरूको हङकङस्थित विमानस्थलमा त्यहाँको निकायले परीक्षण गर्दा पोजिटिभ देखिएका थिए।
सोही कारण निमगले ४८ घण्टाभित्रको रिपोर्ट लिएर गएका यात्रुलाई दुःख नहोस, पोजिटिभ बिरामी पनि नजाउन् र निगमको उडान प्रभावितसमेत नहोउन् भन्ने उद्देश्यले ४८ घण्टा भित्रको स्वाब कलेक्सन गरेको हुनुपर्ने र नेगेटिभ रिपोर्ट भएको प्रमाणपत्र पेश गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको हो।
निगमले अन्य गन्तव्यमा भने ७२ घण्टाकै कोभिड परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिइरहेको छ। यसअघि पोजिटिभ यात्रु पुगेकै कारण चार पटक उडानमा प्रतिबन्ध लागिसकेको छ। हङकङको नागरिक उड्डयनले कुनै पनि वायुसेवाले कोभिड पोजिटिभ यात्रु लगेकमा उक्ता वायुसेवालाई १५ दिन उडानमा प्रतिबन्ध लगाउने गरेको छ।
निगमले उक्त गन्तव्यमा गरेको उडानमा यसअघि नेपालबाट नेगेटिभ रिपोर्ट लगेको यात्रु हङकङ पुगेर परीक्षण गर्दा १६ असोजमा ५ जना, ३ कात्तिकमा ९ जना, २४ कात्तिक १४ जना र १५ मंसीरमा ६ जना यात्रुलाई कोभिड–१९ पोजिटिभ देखिएको थियो। त्यसपछि १७ मंसीरदेखि २ पुसम्म निगमको हङकङ उडानमा प्रतिबन्ध लागेको हो।
कोभिडपछि शुरू भएको उडानमा निगमले सातामा एउटा उडान तालिका हङकङको लागि तय गरेको छ। हरेक मंगलबार निगमको जहाज हङकङ जाने गर्छ। कोभिड पोजिटिभ देखिएपछि उडानमा प्रतिबन्ध लाग्दा निगमलाई एउटा उडानबाटै करीब रू. १ करोड घाटा हुने निगमको जानकारी दिएको छ।
दिल्ली उडानमा यात्रु रूचि कम
निगमले २ पुसबाट शुरू गरेको दिल्ली उडान पहिलो दिन ९० प्रतिशत अकुपेन्सी भएपनि दैनिक यात्रुको माग भने कम रहेको निगमले जानकारी दिएको छ। निगमका अनुसार दैनिक एक उडान गर्ने गरी उडान तालिका स्वीकृति गरेको भएपनि यात्रु क्षमताका आधारमा सातामा ३ देखि सातवटासम्म उडान हुने निगमको भनाइ छ।
दिल्ली उडानमा यात्रुको चापम कम भएकोले, करीब नौ महीनापछि उडान शुरू भएको र कोभिडको कारणले दुवैतर्फ आवतवात गर्ने यात्रु कम हुँदा उडान तालिका स्वीकृति गरेअनुसार यात्रु छैनन्।
यात्रु आए भने सातैवटा हुने नत्र सोही अनुसारको उडान व्यवस्थापन मिलाउनुपर्ने निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्। उनले भनिन्, ‘‘दिल्ली उडानमा यात्रुको चापम कम भएकोले, करीब नौ महीनापछि उडान शुरू भएको र कोभिडको कारणले दुवैतर्फ आवतवात गर्ने यात्रु कम हुँदा उडान तालिका स्वीकृति गरेअनुसार यात्रु छैनन्।’’
भारतले भने ९ पुसदेखि मात्रै दिल्ली-काठमाडौं उडान गर्दैछ। दुवै देशले दैनिक एक/एक उडान गर्ने गरी कामठाडौं-दिल्ली दुईतर्फी उडान खुलेको हो। ११ चैतदेखि भएको बन्दाबन्दी र कोभिड न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध १६ भदौदेखि नै खुलेको थियो। कोभिडको प्रभाव बढी भएको मुलुक भएकोले भारतबाट नेपाल आउन जान भने प्रतिबन्ध नै थियो।
कोभिडपछि २ पुसदेखि दुवै देशका वायुसेवाले समान उडान गर्ने सर्तमा उडान खुलेको हो। तर, भारतले भने निगमले उडान शुरू गरेको एक सातापछि मात्रै उडान गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान तालिका स्वीकृत गराएको छ।