के हो कोरोना संक्रमणको दोस्रो लहर, हामी कति जोखिममा ?
जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने क्रम ह्वात्तै बढेकाले फेरी संक्रमणको अवस्था भयावह बन्ने र त्यसबाट हुने मृत्यु पनि उच्च हुने जोखिम छ।
पछिल्ला दिनमा कोरोना परीक्षण र संक्रमितको संख्या घट्दै गएको देखिए पनि संक्रमणको अवस्था अहिले पनि उस्तै छ। तर, मानिसहरुले कोरोना केही पनि होइन भन्ने हिसावले लिनथालेको देखिन्छ। र, पूर्ववत अवस्थामा जस्तै जनस्वास्थ्यका मापदण्ड नअपनाई हिंडडुल गर्नेक्रम बढेको छ। यसले फेरी संक्रमणको अवस्था भयावह बन्ने र त्यसबाट हुने मृत्यु पनि उच्च हुने सम्भावना छ। त्यसकारण हामीले नेपालमा कोरोनाको दोस्रो लहर आउन सक्छ भनेर भनिरहेका छौं।
के हो त कोरोनाको दोस्रो लहर ? कोरोना संक्रमणको दोस्रो लहरलाई समुद्रमा आउने छालसँग तुलना गरेर हेर्न सकिन्छ। एकपटक छाल आइसकेपछि केही समयसम्म शान्त हुन्छ, त्यसपछि फेरी छाल आउँछ। कोरोना संक्रमणको दोस्रो लहर भनेको पनि त्यस्तै हो। एकपटक संक्रमितको संख्या ह्वात्तै बढ्ने अनि कम हुने र फेरि बढ्ने प्रक्रिया नै दोस्रो लहर हो। उदाहरणका लागि हामी काठमाडौ र विरगञ्जलाई लिन सक्छौं।
हामीले भने जनस्वास्थ्यका कुनै मापदण्ड अपनाएका छैनौं। अलि अलि अपनाएका मापदण्ड पालना गर्न पनि छाडिसक्यौं। समाधानका उपाय ननिस्केसम्म दोस्रो लहरलाई नकार्न सकिँदैन। कोरोनाविरुद्धको भ्याक्सिन नआइपुगेसम्म हामी यसबाट जोगिने अर्को उपाय पनि छैन।
केही पहिला विरगञ्जमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढ्यो अनि कम भयो। अहिले विरगञ्जमा कोरोना संक्रमण नियन्त्रणमा जस्तै छ। फेरी त्यहाँ अस्वाभाविक रुपमा संक्रमितको संख्या बढ्यो भने त्यो दोस्रो लहर हो। उतारचढाव हुनै पर्दछ भन्ने छैन, तर हामीले अरु थुप्रै देशमा यो अवस्था देखिरहेका छौं।
हामीसँग अरु उपाय पनि नभएको हुनाले हामी सजग रहौं, पुनः संक्रमणको लहर आउन सक्छ भनिएको हो। कामना गरौं, हामीकहाँ त्यस्तो अवस्था नहोस्। तर, जापानमा अहिले कोरोना संक्रमणको तेस्रो लहर चलिरहेको छ। त्यसैगरी भारतको दिल्लीमा दोस्रो लहर आयो। यूरोपका देश र अमेरिकामा पनि दोस्रो लहर चलिरहेको छ। हामीले भने जनस्वास्थ्यका कुनै मापदण्ड अपनाएका छैनौं। अलि अलि अपनाएका मापदण्ड पालना गर्न पनि छाडिसक्यौं। समाधानका उपाय ननिस्केसम्म दोस्रो लहरलाई नकार्न सकिँदैन। कोरोनाविरुद्धको भ्याक्सिन नआइपुगेसम्म हामी यसबाट जोगिने अर्को उपाय पनि छैन।
उदाहरणका रुपमा हामी हेर्न सक्छौं कि काठमाडौं उपत्यकामा पहिलो बन्दाबन्दी खुलेपछि एक्कासी संक्रमितको संख्या ह्वारह्वार्ती बढ्यो। अहिले संख्या कम देखिएको छ। एक महीना अघिको जस्तो अवस्था अहिले देखिँदैन। अहिलेको अध्ययनले भित्र भित्र एकअर्कामा संक्रमण साटासाट गरिरहेको हुनसक्ने सम्भावना बढी देखिएको छ। किनभने ‘एन्टी जिन’ परीक्षण गरेर हेर्दा १० प्रतिशत संक्रमित त यत्तिकै घुमिरहेको पाइयो।
दोस्रो पटक कोरोना संक्रमण हुन्छ कि हुँदैन ?
एक पटक कोरोना संक्रमित भएको व्यक्ति फेरी संक्रमित हुन्छ वा हुँदैन भन्नेबारे विभिन्न तथ्य बाहिर आएका छन्। यसले मानिसमा धेरै अन्योल बढाएको छ। नेपालमा अहिलेसम्म वैज्ञानिक रुपमा ठोस अध्ययन र अनुसन्धान हुन बाँकी छ। अहिलेसम्म एक पटक संक्रमित भएर फेरी संक्रमण भएको भन्ने धेरै केशहरु आएका छैनन्। तर, व्यापक रुपमा नदेखिए पनि पुनः संक्रमण असम्भव छैन भन्ने हो।
शुरुका अनुसन्धानले एक पटक संक्रमित भएका व्यक्तिहरुको शरिरमा २ देखि ३ महीनासम्म एन्टीबडी रहन्छ, त्यसपछि हराएर जान्छ भन्ने देखाएका थिए। एक अर्को अनुसन्धानले चार महीना शरिरमा एन्टीबडी रहन्छ भन्ने देखायो। अहिलेसम्मको अध्ययन अनुसन्धानका आधारमा तीन देखि पाँच महीनापछि एन्टीबडी हराउँछ भन्न सकिन्छ।
संक्रमण देखिन्छ भन्नको लागि विभिन्न चरणहरु पार गरिसकेपछि पुष्टि गर्न सकिन्छ। जस्तो कि, पहिलो र दोस्रो पटक भाइरसको जीन हुबहु मिल्छ भन्ने हामीलाई दोस्रो पटक संक्रमण भएको भनेर भन्न गाह्रो पर्छ। अनौपचारिक रुपमा चिकित्सकहरुले दोस्रो पटक संक्रमण भएको भने पनि यो नै हो भनेर निक्र्योल गर्न कठिन छ। विदेशमा दोस्रो पटक संक्रमण भएको शंका गरिएको छ। हरेक व्यक्तिको भाइरसको जीन म्याच गरेर हेर्नलाई त आर्थिक र श्रोत साधनका हिसावले पनि व्यावहारिक छैन । मानिसहरुले मलाई पहिला पनि संक्रमण भएको थियो, पछि पुनः संक्रमण भयो भनिरहेका छन्। हामीले अहिलेसम्मको अवस्था हेर्दा चाहिँ दोस्रो पटक संक्रमण हुन असम्भव छैन भनेर बुझ्नु पर्दछ।
एकपटक संक्रमित भइसकेको व्यक्तिको शरिरमा एन्टीबडी कति समयसम्म रहन्छ भन्नेबारे अहिलेसम्म भएका अनुसन्धानको निचोड फरक फरक छ।
शुरुका अनुसन्धानले एक पटक संक्रमित भएका व्यक्तिहरुको शरिरमा २ देखि ३ महीनासम्म एन्टीबडी रहन्छ, त्यसपछि हराएर जान्छ भन्ने देखाएका थिए। एक अर्को अनुसन्धानले चार महीना शरिरमा एन्टीबडी रहन्छ भन्ने देखायो। साइन्स जर्नलमा प्रकाशित अर्को रिपोर्टले पाँच महीनासम्म एन्टीबडी रहने भनेको छ। हाम्रो शरिरमा एन्टीबडी बर्षौसम्म रहँदैन भनेर बुझ्नुपर्दछ। अहिलेसम्मको अध्ययन अनुसन्धानका आधारमा तीन देखि पाँच महीनापछि एन्टीबडी हराउँछ भन्न सकिन्छ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. पुनसँगको कुराकानीमा आधारित)