शुक्रबार कांग्रेस संसदीय दलको बैठक बस्ने
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित् संघीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेसले जनाएको छ।
सरकारले ल्याएको पछिल्लो अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले बताइन्।
कांग्रेसले संसदको बैठक पनि तत्काल बोलाउनुपर्ने माग गरेको छ। तर, सरकारले अहिलेसम्म बैठक बोलाएको छैन।
“अब त संविधान अनुसार पनि बैठक बोलाउने बेला भइसक्यो तर, पनि संसद अधिवेशन आह्वान गर्नुको साटो सरकारले अध्यादेश ल्याइरहेको। यीसहित अन्य समसामयिक विषयमा छलफल हुन्छ”, भुसालले भनिन्।