नेपाल विश्वकप छनोटबाट वञ्चित
नेपालले सन् २०२० को यू–१९ विश्वकप क्रिकेटमा सहभागी हुने अवसर गुमाएको छ ।
मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) यू–१९ एकदिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई) ले ओमानलाई १० विकेटले हराएपछि नेपाल विश्वकपबाट वञ्चित भएको हो ।
युएईसँगको खेल वर्षाका कारण प्रभावित भएपछि नेपाल एक रनले पराजित भएका कारण यू–१९ विश्वकप गुमाएको हो । बिहीबार भएको अन्तिम खेलमा नेपालले कुवेतलाई १५० रनले पराजित गरेको छ ।
सो प्रतियोगिताका लागि युएई छनोट भएको छ । बिहीबार भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले हरायो । क्वालालम्पुरस्थित किन्नरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा दुई विकेट गुमाएर पूरा गर्याे ।
नेपालको तर्फबाट रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । रितले ६२ तथा पवनले ५३ रन बनाए । आसिफ शेखले अविजित ३३ रन बनाए ।
बलिङतर्फ कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक\एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
कुवेतका लागि नोमन बुन्द्रो ७० रन बनाए । गोकुल कुमारले ३६, हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहितकुमार पौडेलले तीन विकेट लिए ।
कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले दुई\दुई विकेट लिए । नेपाल प्रतियोगिताको दोस्रो स्थान रह्यो । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले, दोस्रो खेलमा युएईलाई एक रनले तथा तेस्रो खेलमा मलेसियालाई आठ विकेटले पराजित गरेको थियो ।