चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जना पक्राउ
नेपाल प्रहरीले संरक्षित वन्यजन्तु चितुवाको आखेटोपहार र जीवित सुनगोहोरोसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टोखा नगरपालिका–२ चण्डेश्वरीबाट मोरङका ४१ वर्षीय भेषबहादुर थापा र मोरङकै ४६ वर्षीय डिल्लीराम पौडेललाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको छ। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले चितुवाको आखेटोपहार र सुनगोहोरो अवैधरुपमा ओसारपसार र बेचबिखन गर्न लागेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेकासँग जीवित सुनगोहोरो आठ वटा र चितुवाको आखेटोपहार एक थान बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई आवश्यक कारवाहीका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज कार्यालय बूढानीलकण्ठ पठाइएको ब्यूरोले जनाएको छ।