नेकपा केन्द्रीय कमिटी बैठक फेरि सर्यो, स्थायी कमिटी ५ पुससम्म स्थगित
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक फेरि सरेको छ। बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ५ पुसमा निर्धारित बैठक १० पुससम्म सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
यस्तै, स्थायी कमिटीको बैठक पनि ५ पुसम्मका लागि स्थगित भएको उनले बताए।
यसअघि नेकपाको केन्द्रीय कमिटी बैठक १५ कात्तिकमा बोलाइएको थियो। त्यसपछि १५ मंसीरमा सारिएको बैठक २५ मंसीर हुँदै ५ पुससम्मका लागि सारिएको थियो।
बुधबार बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश र नेकपाका केही सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको निवदेन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले मंगबारको संवैधानिक परिषद् बैठकले संवैधानिक नियुक्तिका लागि सिफारिस सम्बन्धी कुनै निर्णय नभएको जानकारी गराएका थिए।