सरकारले ल्याएको अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन फिर्ता लिने नेकपा स्थायी कमिटीको निर्णय
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।
बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारले ल्याएको अध्यादेश र नेकपाका केही सांसदले संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपतिसमक्ष पेश गर्ने भनिएको निवदेन फिर्ता लिने सर्वसम्मत निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले मंगबारको संवैधानिक परिषद् बैठकले संवैधानिक नियुक्तिका लागि सिफारिस सम्बन्धी कुनै निर्णय नभएको जानकारी गराएका थिए।
सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट मंगलबार नै जारी भएर राजपत्रमा प्रकाशित भएको थियो। जसमा परिषद्मा बहाल सदस्यको बहुमत पुगेका गुणपुरक संख्या पुगेको मानिने उल्लेख थियो।