उखु किसानको पैसा भुक्तानी नगर्ने उद्योगीलाई कारवाही गर्न निर्देशन
गृह मन्त्रालयले उखु किसानको पैसा भुक्तानी गर्ने उद्योगीलाई कानूनी कारवाही गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयको मंगलबारको बैठकले पटक पटक ताकेता गर्दा र पनि उखु किसानको पैसा भुक्तानी गर्ने उद्योगीलाई कानूनी कारवाहि गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता चन्द्रबहादुर बुढाले जानकारी दिए।
उनका अनुसार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीलाई बनाएरै गरेको छलफबाट भएको निर्णय कार्यान्वयन नभएको र किसानको पैसा भुक्तानी नगरेका कारण उखु किसान आन्दोलित हुनु परेको अवस्थाप्रति गृहको ध्यानाकर्षण भएको हो। गृह मन्त्रालले कानून बमोजिम कारवाही गर्न निर्देशन दिएको हो। निर्देशनमा पक्राउ गर्ने अधिकार अब प्रहरीको भएको उल्लेख छ।
उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीमा श्रीराम सुगर मिलको रु.३६ करोड, अन्नपूर्ण चिनी मिलको रु.१७ करोड, इन्दिरा चिनी मिलको रु.५ करोड, लुम्बीनि चिनी मिलको रु.८ करोड रहेको छ।
उद्योग मन्त्रालयका अनुसार उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीमा श्रीराम सुगर मिलको रु.३६ करोड, अन्नपूर्ण चिनी मिलको रु.१७ करोड, इन्दिरा चिनी मिलको रु.५ करोड, लुम्बीनि चिनी मिलको रु.८ करोड रहेको छ। किसानको रकम भुक्तानी नभएका कारण पटक पटक समस्या हुँदै आएको छ।
उखु किसानलाई उद्योगिले सात वर्षदेखिको पैसा बाँकी राखेका छन्। उखु किसानको पैसा नपाएका कारण गत वर्ष माघ पनि किसान आन्दोलिन भएका थिए। किसानको पैसा ७ माघ २०७६ सम्म दिन्छु भनेको उद्योगीले किसानको रकम भुत्तानी नगरेको र किसानलाई दिएको प्रतिवद्धता पूरा गरेका थिएनन्। अहिले पनि किसानले उखु बेचेको पैसा नपाएपछि राजधानीमा आन्दोलन गरिरहेका छन्।