काठमाडौं उपत्यकामा थपिए ४३८ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६४ पुरुष र १७४ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४३५३, भक्तपुरमा ३३३ र ललितपुरमा ७०७ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ७११७ वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ।
हालसम्म १८ लाख ४३ हजार ५८१ नमूनाको पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ८८१ रहेको छ।
यस्तै, सोही अवधिमा १९९६ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४५७ जना रहेका छन्।
यस्तै, सोही अवधिमा नेपामला थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।