थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७३० पुग्यो
कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५० हजार १८० पुगेको छ।
आज ७११७ वटा नमूनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १८ लाख ४३ हजार ५८१ नमूनाको पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ९ हजार ८८१ रहेको छ।
यस्तै, सोही अवधिमा १९९६ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ४५७ जना रहेका छन्।