सुर्खेतमा एउटै विद्यालयका ११ जना शिक्षक कोरोना संक्रमित
सुर्खेतको पञ्चपूरी नगरपालिकामा रहेको सूर्यप्रकाश माध्यमिक विद्यालयका ११ जना शिक्षक कोरोना संक्रमित भएका छन्। कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सो विद्यालयका ११ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो।
सो विद्यालयका ११ सहित सुर्खेतमा १७ जना शिक्षकलाई लक्षणसहितको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ।
सो कार्यालयका अनुसार विद्याज्योती माध्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ। सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका २ जना र जनसेवा आधारभूत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ। शिक्षकहरुमा लक्षण देखिएपछि स्वाब संकलन गरी परीक्षण गरिएको थियो।