सानिमा बैंकका ग्राहकका लागि एनसेलको निःशुल्क सिमकार्ड र डाटा प्याकेज
सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टर्नेट डाटा प्याकेज दिने सम्झौता भएको छ।
एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलआजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यस सम्झौतापत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवा लिने बैंकका सेवाग्राहीहरुलार्इ करिब रु.३०० बराबरको डाटा तथा भ्वाइस सेवासहितको निःशुल्क सिम कार्ड प्रदान गरिनेछ। साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिना थप २५० एमबी निःशुल्क इन्टर्नेट डाटा प्राप्त गर्नेछन्।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ। सानिमा बैंकले आप्mनो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको छ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८२ वटा ए.टि.एम. संचालनमा रहेका छन्।