कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो
कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोनाबाट ज्यान जानेको संख्या १६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म देशभर २४८४२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर १०९९४ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। यसमध्ये ४७६२ जना संस्थागत आइसोलेसनमा रहेका छन्। बाँकी होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
आज ५१८१ जनाको पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म मुलुकमा १८३१०४१ जनाको पीसीआर परीक्षण गरिएको छ।
आज १५०० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म २३५७३१ जना कोरोना संक्रमित निको भएका छन्। त्यस्तै हाल ५१६ जना क्वारेन्टिनमा रहेका छन्।
यस्तै देशभर आज २९४ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ। साथै ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।