काठमाडौं उपत्यकामा थपिए ४८२ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४८२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २८६ पुरुष र १९६ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४५२०, भक्तपुरमा ३८३ र ललितपुरमा ९२७ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार २४२ जनाको पीसीआर परीक्षण गरिएकोमा ८९९ मा कोरोना पुष्टि भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ। हालसम्म १८ लाख २५ हजार ८६० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने ११ हजार ६७३ रहेको छ।
यस्तै, सोही अवधिमा १३५९ जना संक्रमित निको भएका छन्। जम्मा संक्रमितमध्ये हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५१९ जना रहेका छन्।
यसैगरी, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।