चुनौती झेल्दै सिक्टा सिंचाई आयोजना
झन्डै रू. ३१ अर्बको लगानीमा बाँकेमा निर्माण भइरहेको सिक्टा सिंचाई अयोजनाको ४० प्रतिशत काम बाँकी छँदै विभिन्न चुनौतीहरू देखा परेका छन्।
राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको ४५ किलोमिटर निर्माण भइसकेको छ। तर, पूर्ण रूपमा निर्माण सम्पन्न भइनसक्दै आयोजनाले चुनौतीहरू समान गर्नुपरेको छ। नहरको पुलमा लगाएका रेलिङहरू चोरी हुने, माछा मार्नका लागि नहरको पानी खोलिदिने लगायतका चुनौती समाना गर्नुपरेको आयोजनाले जनाएको छ।
सिक्टा सिंचाई आयोजनाका आयोजना निर्देशक लोकबहादुर थापाले निर्माण भएको ठाउँमा कमजोर धरातलका कारण नहरभित्र बनाइएका स्ल्यापहरू मटोमा भासिने भएको हुनाले पनि काम गर्न समस्या भइराखेको बताए।
सिक्टा नहरमा खास गरेर घुलनसिल माटो भएको कारणले नहरको संरचना भत्किने गरेको छ। यस्तै जंगलको बाटो भएकै कारणले पानी खेत सम्म पुगउन गाह्रो भएको थियो। तर, पनि पानी ल्याउन सफल भएको अयोजनाका इन्जिनियर नरेस पाण्डेले बताए।
सिक्टा सिंचाईको ठूलो शाखाको रूपमा रहेको डुडुवा नहरमा अव्यवस्थित रूपले नहरमा पुल निर्माण र ढल निकास बनाएपछि खेतमा पानी पुर्याउन थप जटिल देखिएको छ।