काठमाडौं उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५४१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३०५ पुरुष र २३६ महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४५५४, भक्तपुरमा ३७८ र ललितपुरमा ९४४ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ४४ मा कोरोना पुष्टि भएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६९४ जना पुगेको छ। हालसम्म १८ लाख २० हजार ६१८ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार १४८ रहेको छ।
सोही अवधिमा १२७१ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५१९ जना रहेका छन्।
यस्तै, सोही अवधिमा नेपालमा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।