थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६७४ पुग्यो
कोरोनाबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ७ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ४४ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६९४ जना पुगेको छ। हालसम्म १८ लाख २० हजार ६१८ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार १४८ रहेको छ।
सोही अवधिमा १२७१ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५१९ जना रहेका छन्।