बलिउडमा डेब्यू गर्दै आमिर खानका छोरा जुनैद
बलिउडका प्रभावशाली अभिनेता आमिर खानका छोरा जुनैद खान फिल्ममा प्रवेश गर्दैछन्। उनले यशराज फिल्म्सको ब्यानरमा बन्ने फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जुनैदको डेब्यू फिल्ममा उनको हिरोइन तेलुगु सुपरहिट फिल्म 'अर्जुन रेड्डी' की अभिनेत्री शालिनी पाण्डे हुने खबर आइरहेको छ। शालिनीले फिल्मका लागि साइन गरिसकेको बताइएको छ। शालिनी 'अर्जुन रेड्डी' फिल्ममा प्रीति सेट्टीको भूमिकामा देखिएकी थिइन्, जसमा उनको अपोजिटमा अभिनेता विजय देवराकोंडा थिए।
समाचार अनुसार, शालिनीले यशराज फिल्म्ससँग तीन वटा फिल्ममा साइन गरेकी छिन्।
शालिनीले बलिउडमा रणवीर सिंहको फिल्म 'जयेशभाई जोरदार' बाट डेब्यू गर्दैछिन्। जुनैदसँग उनको दोस्रो फिल्म हुनेछ।
जुनैदको डेब्यू फिल्मको छायांकन कहिलेबाट शुरु हुने भन्नेबारे हालसम्म आधिकारिक रुपमा भने केही पनि खुलाइएको छैन।