जापानमा कोरोना संक्रमणको तेस्रो लहर
जापानमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहर शुरु भएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार ७३३ जनामा संक्रमण देखिएको छ। जसमध्ये ५५५ जना गम्भीर लक्षणका बिरामी छन्।
क्योडो न्यूज एजेन्सीका अनुसार, जापानका ६ वटा राज्यमा संक्रमण फैलिएको छ। यसअघि ९ डिसेम्बरमा पनि २ हजार ८३७ जना नयाँ संक्रमित थपिएका थिए। त्यहाँ नोभेम्बरयता संक्रमण बढ्न थालेको छ।
हालसम्म जापानमा कुल संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ। तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने २ हजार ४६५ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको थियो।
जापानमा कोरोनाका सक्रिय संक्रमितको संख्या २३ हजार १०२ छ।