दराज १२.१२ को घोषणा, सामसङ एस २० एफई जित्न सकिने
यस वर्षको ११.११ अभियानको सफलतापछि नेपालको अग्रणी अनलाइन बजार, दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ। उक्त अभियान २७ मंसीर मध्यरातदेखि ३ पुस (१२ देखि १८ डिसेम्बर) सम्म हुनेछ।
१२.१२ मा दराज उपभोक्ताहरूले विशेष छुटकासाथ भौचर र ब्यांक कार्डमार्फत् थप छुटको लाभ उठाउन सक्नेछन्। यस अभियानको लागि, सानिमा ब्यांक, माछापुच्छ्रे ब्यांक र सिटिजन्स ब्यांकका क्रेडिट र डेबिट कार्डधारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम रू. १२१२) सम्मको छुट पाउन सक्नेछन्।
यसबाहेक, उपभोक्ताहरूले ‘मेगा गिभअवे’को रूपमा रू. ६९ हजार ९९९ को नयाँ सामसङ ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त गर्नेछन्। सेलको उत्साहलाई निरन्तरता दिनको लागि, उपभोक्ताहरूले वान रूपी गेममा पनि भाग लिन पाउनेछन्।
जहाँ उनीहरूले नयाँ मोटोरोला ई प्लस लगायत अन्य उत्पादनहरू मात्र रू १ मा जित्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला ई सेवेन प्लस र मोटोरोला जी प्ले दराजमार्फत लन्च गर्दै छ। उक्त फोनहरूमा इच्छुक खरीदकर्ताहरूले कार्डमार्फत १२ प्रतिशतको अतिरिक्त छुटका साथ निःशुल्क होम डेलिभरीको फाइदा पनि उठाउन सक्ने बताइएको छ।
१२.१२ मा दराजले नेपालमा बनेका सामानहरूलाई विशेष प्राथमिकता दिंदै उत्तम मूल्यमा उपलब्ध गराउनेछ। दराजले स्थानीय सानो र मध्यम आकारका उद्यम (एसएमई)हरूलाई अझ बढावा दिने र उनीहरूलाई ११.११ मा गरे जस्तै देशभरका लाखौं ग्राहकहरूसँग जोड्ने आशा गरेको दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले बताए।