ग्लोबल आइएमई ब्यांक र बारपाक सुलिकोट गाउँपालिकाबीच कर्जा समझदारी
ग्लोबल आइएमई ब्यांक र बारपाक सुलिकोट गाउँपालिका गोरखाबीच कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र ब्यांकको तर्फबाट बारपाक शाखा प्रबन्धक प्रदिप गुरुङ्ग तथा सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरूपमा हस्ताक्षर गरे।
समझदारी अनुसार ब्यांकले आवश्यक प्रकृया पूरा गरेका कृषकहरूलाई परियोजनाको विशलेषण गरी न्यूनतम २ लाख रूपैयाँदेखि अधिकतम १० लाख रूपैयाँसम्म कर्जा प्रदान गरिनेछ।
कृषिको व्यावसायिकतामार्फत आत्मनिर्भर पालिका निर्माणका लागि ग्लोबल आइएमई ब्यांक लिमिटेडले स्थानीय निकायहरूसँगको सहकार्यमा विभिन्न किसिमका कर्जा प्रवाह गर्दै आएको छ।
मुलुकको कु ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करीब ६५ प्रतिशत जनता आश्रित रहेका छन्। कृषि कर्जामा ब्यांकको सहजीकरणले उद्यमशीलताको विकास गर्ने, स्वरोजगार बनाउने र स्थानीय निकायहरूलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बयांकको विश्वास रहेको छ।