काठमाडौं उपत्यकामा थपिए ४०४ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४०४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २४४ पुरुष र १६० महिलामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४७४५, भक्तपुरमा ४१२ र ललितपुरमा ९५० जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार २३२ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार २१७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ७७४ पुरुष र ४४३ महिलामा संक्रमण पुष्टि भएको हो। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ४५ हजार ६५० जना पुगेको छ। हालसम्म १८ लाख १३ हजार २०४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार ३८६ रहेको छ।
सोही अवधिमा १०६४ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५१५ जना रहेका छन्।
यस्तै, सोही अवधिमा कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।