जो बाइडेनका छोरा हन्टरमाथि करको मामिलामा छानबिन हुँदै
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि करको विषयमा छानबिन चलिरहेको उनी आफैँले बताएका छन्। उनीमाथि डेलावेर राज्यमा जाँच चलिरहेको हो।
हन्टर बाइडेनले आफूले जाँचलाई गम्भीरता पूर्वक लिएको र छानबिनपछि आफूले कानूनअनुसार कर तिरिरहेको पुष्टि हुने बताएका छन्। यता जो बाइडेन र कमला ह्यारिसको टीमले उनले निर्वाचनमा खेलेको भूमिका गर्व गर्न लायक रहेको बताएको छ। उक्त टीमले एक स्टेटमेन्ट जारी गरेर हन्टर अहिले मुस्किल चुनौतीको सामना गरिरहेको र यसमा उनीमाथि गएको महीना भएको विद्वेषपूर्ण व्यक्तिगत हमला पनि एक भएको दाबी गरेको छ।
हन्टरले उनलाई कर जाँचको मामिला मंलबार मात्र थाहा भएको जनाएका छन्। यसबारे उनले थप जानकारी सार्वजनिक गरेका छैनन्। २०२० को राष्ट्रपति निर्वाचन प्रचारमा हन्टरमाथि रिपब्लिकन पार्टीले निशाना बनाएको थियो।
डोनाल्ड ट्रम्पमाथि महाभियोगको प्रक्रिया चलिरहँदा हन्टर आफ्ना बाबु उपराष्ट्रपति हुँदा एक युक्रेनी उर्जा कम्पनीको बोर्ड सदस्य भएको मामिला पनि छानबिनको दायरमा आएको थियो। ट्रम्पमाथि युक्रेनलाई उक्त कम्पनीमाथि जाँच गर्न दबाब दिएको आरोप लागेको थियो। ट्रम्पले जाँच अघि नबढाए सैन्य सहयोग रोक्ने युक्रेनलाई चेतावनी पनि दिएका थिए।