प्रधानसेनापति देश दौडाहामा
प्रधानसेनापति पूर्णचन्द्र थापा निरीक्षण भ्रमणका लागि भन्दै पूर्व क्षेत्रका सैनिक व्यारेकहरूको भ्रमणमा निस्किएका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बुधबार प्रधानसेनापतिले पाँचथरस्थित भैरवीदल गण, ताप्लेजुंगमा रहेको भीमकाली गुल्म, संखुवासभास्थित नयाँ रणभीम गुल्म र सुनसरीको इटहरीस्थित पूर्वी पृतना मुख्यालयको निरीक्षण गरेका छन्।
त्यसक्रममा प्रधानसेनापतिले व्यारेकहरूको स्थलगत निरीक्षण गरी वस्तुस्थिति र बन्दोबस्तीबारे जानकारी लिएको तथा सकलदर्जालाई सम्बोधन गरेको निर्देशनालयले जनाएको छ।
प्रधानसेनापति थापाले बिहीबार इटहरीस्थित सैनिक अस्पताल, संखुवासभा, भोजपुर र ओखलढुंगामा रहेका सैनिक अस्पतालहरूको समेत निरीक्षण गर्ने निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अवकाश हुने वर्ष प्रधानसेनापतिहरूको देश दौडाहा तीब्र हुने गर्छ। प्रधानसेनापति थापाको कार्यकाल आउँदो वर्ष, २०७८ भदौमा सकिँदैछ।