‘दलित मुक्तिमा बुद्ध आदर्शवादी, अम्बेडकर अपूर्ण’
धर्म परिवर्तनमार्फत जात व्यवस्थाबाट मुक्ति खोज्ने अम्बेडकरको प्रयत्न राजनीतिक र दार्शनिक दुवै दृष्टिले सही ठहर्दैन।
भारतीय दलित आन्दोलनमा बीआर अम्बेडकर कस्ता व्यक्तित्व हुन् ?
भीमराव रामजी अम्बेडकर (सन् १८९१–१९५६) मध्य प्रदेशको अछुत मानिने महार जातको परिवारमा बाउआमाको चौधौं सन्तानका रूपमा जन्मिएका थिए। उनको परिवार पुर्खादेखि नै ब्रिटिस भारतीय सेनामा थिए। उनका बाबु रामजी मालोजी सकपाल सेनामा सुबेदारसम्म भएका थिए।
अम्बेडकरकी आमा भीमाबाई मुरबादकरको मृत्युपछि उनका बाबु महाराष्ट्रमा बसाइँ सरे। उनीहरूको पुख्र्यौली थलो महाराष्ट्रकै आम्बडवे भन्ने स्थान थियो। त्यही ठाउँको नामबाट अम्बेडकरका बाबुले आफ्नो परिचयका रूपमा सकपालको सट्टा अम्बेडकर लेख्न थाले।
अम्बेडकरले मुम्बईबाटै म्याट्रिक पास गरे र त्यो बेलासम्ममा भारतमा दलितबाट म्याट्रिक पास गर्ने उनी पहिलो व्यक्ति थिए। त्यसबापत उनलाई समाजले सम्मान पनि गरेको थियो। त्यही सम्मान कार्यक्रममा नै महाराष्ट्रका एक जना बौद्ध विद्वान्ले आफूले लेखेको बुद्धको जीवनी अम्बडेकरलाई उपहार दिएका थिए।
तत्कालीन बडोदा राज्यका महाराजा सयाजीराव गायकवाड तृतीयबाट संयुक्त राज्य अमेरिकामा अध्ययनका लागि सन् १९०८ मा अम्बेडकरले छात्रवृत्ति प्राप्त गरे। त्यसपछि उनले अमेरिकाको कोलम्बिया विश्वविद्यालय र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स दुवैबाट अर्थशास्त्रमा पीएचडी गरे। साथमा कानुनको पनि डिग्री हासिल गरे। फर्केर केही समय सरकारी जागिरमा रहे। प्राध्यापन पनि गरे। र, पछिल्लो कालमा पेशागत रूपमा मूलतः वकालतमा बढी क्रियाशील रहे।
सन् १९२० सम्म पुग्दा भारतीय राजनीतिमा उनले कथित अछुतहरूको मुद्दालाई व्यापक रूपमा उठाउन सुरु गरिसकेका थिए र सन् १९२० मा उनले ‘मूकनायक’ नामक साप्ताहिक पत्रिकामार्फत आफ्ना विचारलाई देशव्यापी बनाउन सुरु गरे। सन् १९२४ मा अछुतहरूको ‘बहिष्कृत कार्यकारिणी सभा’ नामक सङ्गठन गठन गरेर औपचारिक रूपमा दलितको सङ्गठित राजनीति सुरुवात गरे।
सन् १९२७ मा उनको नेृतत्वमा त्यस सङ्गठनको आयोजनामा महाड भन्ने स्थानमा तलाउको पानी उभाउने सङ्घर्ष भयो। हजारौं दलितले त्यसमा भाग लिए। कार्यक्रम सकिएपछि गैरदलितहरूको आक्रमणबाट सयौं दलित घाइते हुन पुगे। यो ठूलो घटना थियो। यसले भारतीय राजनीतिमा अम्बेडकर र दलित आन्दोलनलाई राजनीतिको केन्द्रभागमा ल्याइपुर्याउने काम गर्यो। त्यसपछिका दिनमा भारतीय स्वतन्त्रता सङ्ग्रामको राजनीतिभित्र जसरी मुस्लिम राजनीतिले एउटा बेग्लै स्थान बनाएको थियो, त्यसरी नै दलित राजनीतिले एउटा छुट्टै स्थान बनाउन सफल भयो।
त्यसअघि अङ्ग्रेजहरू महात्मा गान्धी, मुहम्मद जिन्नालाई सन्तुलन गर्न खोज्थे भने त्यसपछिका दिनमा दलितहरूको प्रतिनिधिका रूपमा अम्बेडकरलाई पनि सन्तुलनभित्र एउटा स्थान दिनुपर्ने अवस्था विकसित भयो। त्यस क्रममा ब्रिटिसहरूले लन्डनमा आयोजना गरेका वार्ता–सम्मेलनहरूमा पनि प्रतिनिधिका रूपमा अम्बेडकरलाई बोलाउने स्थितिसम्म बन्यो।
सन् १९३० मा दलितको दोहोरो मतदानको अधिकार भएको कानुन अङ्ग्रेजले प्रस्तावित गरे। तर, महात्मा गान्धी त्यसविरुद्धमा उभिए। गान्धीले त्यस ऐनविरुद्धमा सन् १९३४ मा महाराष्ट्रको पुणेमा अनसन सुरु गरे। दलितलाई दोहोरो मतदानको अधिकार दिँदा हिन्दु समाजमा फुट आउने भन्ने तर्क गान्धीले राखेका थिए।
अम्बेडकर भने आफ्नो प्रतिनिधि आफैंले छान्न पाउने त्यस प्रस्तावित ऐनले दलितहरूको राजनीतिमा सशक्तीकरण हुन्छ भन्ने मान्दथे। वास्तवमा त्यो ऐन दलितको हितमा थियो। महात्मा गान्धीले आमरण अनसन गरेका हुनाले देशव्यापी रूपमा उनको जीवनरक्षाका निम्ति कुनै न कुनै सम्झौता गर्नैपर्ने दबाब अम्बेडकरमाथि पर्यो। र, अन्ततः चुनावमा केही प्रतिशत सिट दलितका निम्ति छुट्याउने तर ब्रिटिसहरूले प्रस्ताव गरेको ऐन चाहिं लागू नगर्ने सम्झौता गान्धी र अम्बेडकरबीच भयो। त्यसलाई पुना सम्झौता भनिन्छ।
यसप्रकार भारतीय राष्ट्रिय कङ्ग्रेस र अम्बेडकरले नेतृत्व गरेको दलित आन्दोलनबीच निरन्तर द्वन्द्व र सङ्घर्ष चल्दै गयो। अम्बेडकर काङ्ग्रेस पार्टीलाई ब्राह्मणहरूको पार्टी मान्थे र जात व्यवस्था रहिरहने हो भने दलितका निम्ति अङ्ग्रेजको शासनबाट आउने स्वतन्त्रताको पनि अर्थ नरहने ठान्थे। उनी भारतबाट टुक्रिएर पाकिस्तान बनाएरभन्दा भारतमै अधिकारसहित बस्दा नै मुस्लिमहरूको प्रगति हुन सक्ने विचार राख्थे।
भारत स्वतन्त्र भएपछि उनी मात्र निर्दलीय कानुनमन्त्री बन्न पुगेका थिए। उनकै अध्यक्षतामा स्वतन्त्र भारतको नयाँ संविधान बनाउने समिति गठन भएको थियो। समितिमा रहेका सदस्यमध्ये केहीको मृत्यु, केही सहभागी हुन नसक्ने गरी बिरामी आदि कारणले संविधान निर्माणको सबैजसो काम अम्बेडकरबाट नै सम्पन्न हुनुपर्ने स्थिति बनेको थियो। उनको नेतृत्वमा बनी सन् १९४९ मा पारित भई सन् १९५० को २६ जनवरीबाट लागू भएको अहिलेको भारतको संविधानमा दलित र पछाडि पारिएका विभिन्न समुदायलाई सरकारी नोकरी, सरकारी विश्वविद्यालयलगायत क्षेत्रमा केही प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ। साथै, छुवाछुत भेदभावलाई दण्डनीय बनाइएको छ। राज्यलाई धर्मनिरपेक्ष बनाइएको छ।
सन् १९३६ मा जात–पात तोडक मण्डलले आयोजना गरेको कार्यक्रमका लागि अम्बेडकरले लेखेको सम्बोधन–लेख ‘जातको उन्मूलन’ (एन्निहाइलेसन अफ कास्ट) उनको सर्वाधिक चर्चितमध्येको एक रचना हो। त्यही रचनामा उनले हिन्दु धर्म त्याग गर्ने कुरा बताएका छन्।
बुद्ध आफ्नो समयका क्रान्तिकारी दार्शनिक, विचारक र समाजको जागरणकर्ता थिए। उनका विचारमा टेकेर त्यसलाई धर्मको रूप दिनुभन्दा पहिले बुद्धको अभियान वैचारिक र सामाजिक जागरणको अभियान थियो। पछि धर्मका रूपमा नानाभाँतीका पन्थहरू विकास गरिँदै लैजाँदा पुनर्जन्मको रुढीसमेत कतिपय पन्थमा विकृत रूपमा थपिँदै लगियो।
अम्बेडकर धार्मिक प्रवृत्तिका मानिस थिए। उनी माक्र्सवाद र कम्युनिजमको पक्षमा थिएनन्। वर्ग सङ्घर्षको सिद्धान्तले भारतमा काम नगर्ने उनको ठम्याइ थियो। उनी राजनीतिमा बल प्रयोगको सिद्धान्तलाई मान्दैनथे। पुँजीवादी व्यवस्थाभित्रै केही सुधारात्मक संरचना र नीति खडा गरेर दलितहरूको मुक्ति प्रक्रिया अगाडि बढाउन नै संविधान बनाउने बेलासम्म उनले भूमिका खेले।
अम्बेडकरका सम्पूर्ण रचनालाई महाराष्ट्र सरकारले अङ्ग्रेजी, हिन्दी र अन्य भाषामा चौध भागसम्म प्रकाशित गरेको पाइन्छ। उनको श्रीमती रमाबाई अम्बेडकरको सन् १९३५ मा मृत्यु भएको १३ वर्षपछि ब्राह्मण समाजमा हुर्किएकी चिकित्सक सवितासँग सन् १९४८ मा उनको विवाह भएको थियो।
सन् १९३६ मै हिन्दु धर्म त्याग गर्ने बताएका अम्बेडकरले आफ्ना केही लाख समर्थकसहित सन् १९५६ मा बौद्ध धर्म ग्रहण गरेका थिए। उनीसँगै श्रीमती सविताले पनि बौद्ध धर्म ग्रहण गरेकी हुन्। बौद्ध धर्म ग्रहण गर्दै अम्बेडकरले आफू बाँचुन्जेल बौद्ध धर्मको प्रचार गर्ने र नयाँ नवयानका रूपमा बौद्ध धर्मलाई अगाडि बढाउने बताएका थिए। त्यसको केही महिनापछि उनको मृत्यु भयो।
अम्बेडकरले बुद्ध धर्म त अँगाले, दलित मुक्तिका सन्दर्भमा के बुद्धका विचारहरू पूर्ण छन् ?
बुद्धले,
एक, ईश्वरको अस्तित्वलाई अस्वीकार गरे र जीवन तथा प्रकृतिमा हुने प्रत्येक घटना यही जगत्को कार्य–कारणले हुने बताए। दर्शनमा यो नै बुद्धको सबैभन्दा ठूलो योगदान थियो, जुन भौतिकवादउन्मुख दर्शन हो।
दुई, आफ्नो त्यही दर्शनको आलोकमा मूर्तिपूजा, वर्ण व्यवस्था, जातपात, भाग्यवाद, कर्मफलवादको विरोध गरे। सामाजिक क्षेत्रमा त्यतिबेलाका निम्ति त्यो ठूलो क्रान्तिकारी कदम थियो।
तीन, मानिसले आफ्नो अन्तरजगत् अर्थात् मनलाई सुकार्यतिर केन्द्रित गरिरहन मनको अभ्यास विधि— ध्यानको विकास गरे। यो बुद्धको अर्को महङ्खवपूर्ण खोज थियो।
चार, समाजलाई बाटो देखाउन चाहने अगुवाहरू निजी सम्पत्ति, लोभ, कामको लालसा आदिबाट मुक्त भई समुदायमा निर्भर भएर सङ्घमा सेवकका रूपमा रहनुपर्ने दिशानिर्देश गरे। यो विषय हरेक युगमा आ–आफ्नो सापेक्षतामा लागू गर्नैपर्ने सर्वकालीन विषय हो।
पाँच, मानिसहरूबीच अहिंसा र निरपेक्ष शान्तिको दृष्टिकोण अघि सारे।
छ, सत्चरित्र निर्माणका निम्ति ‘चोरी नगर्नू, झुटो नबोल्नू’ प्रकृतिका नीति वचनहरू पनि महङ्खवपूर्ण नै मानिन्छन्।
सात, सबै धर्मका प्रवर्तकहरूले आफूलाई ईश्वर वा ईश्वरको प्रतिनिधि बताएका थिए, तर बुद्धले आफू केवल पथप्रदर्शक मात्र भएको बताए।
यसप्रकार बुद्ध आफ्नो समयका क्रान्तिकारी दार्शनिक, विचारक र समाजको जागरणकर्ता थिए। उनका विचारमा टेकेर त्यसलाई धर्मको रूप दिनुभन्दा पहिले बुद्धको अभियान वैचारिक र सामाजिक जागरणको अभियान थियो। पछि धर्मका रूपमा नानाभाँतीका पन्थहरू विकास गरिँदै लैजाँदा पुनर्जन्मको रुढीसमेत कतिपय पन्थमा विकृत रूपमा थपिँदै लगियो।
हुँदा–हुँदा त कर्मकाण्डहरूसमेत जोडियो। आज बौद्ध धर्मका रूपमा जे छ, त्यो कैयौं मानेमा बुद्धको जागरण अभियानभन्दा पनि रुढीगत सम्प्रदायका रूपमा विकसित र व्यवहारबद्ध पाइन्छ। बुद्ध र बुद्धका विचारलाई बुझ्दा २६ सय वर्षअघिको समाजको सापेक्षतामा बुझ्नु आवश्यक छ। त्यतिबेलाको विज्ञान, त्यतिबेलाको समाजशास्त्रलगायत ज्ञानका विभिन्न शाखामा भएका प्रगतिको सापेक्षतामा बुझ्नु नै वैज्ञानिक बुझाइ हुन्छ। त्यतिबेलाको समग्र ज्ञानको सापेक्षतामा नै बुद्धले पनि सोच्न सक्ने हुनाले उनका विचारमा सीमा र समस्या हुनु पनि स्वाभाविक हुन्छ भनेर मान्नुपर्ने हुन्छ।
दार्शनिक रूपमा भौतिकवादी दिशामा बुद्धको अडान रहे पनि समाजको निर्माण, सञ्चालन र परिवर्तनका सन्दर्भमा उनका विचार मूलतः आदर्शवादी नै ठहर्छन्। त्यतिबेला भौतिकवादको व्यापक विकास नभएको परिप्रेक्ष्यमा त्यस्तो हुनु अस्वाभाविक पनि होइन। समाज वर्गहरूमा विभाजित थियो, राज्य वर्गीय थियो, वर्ग सङ्घर्षले समाजलाई अघि बढाइरहेको थियो। तब अहिंसा र निरपेक्ष शान्ति कसरी सम्भव हुन्थ्यो र ?
वर्गीय समाज स्वयम् झुटमा उभिएको थियो भने त्यहाँ ‘झुटो नबोल’ भन्ने कुरा आम समाजले कसरी लागू गर्न सक्थ्यो र ? बढीमा त्यो त भिक्षुहरूका लागि मात्र सम्भव थियो, सिङ्गै समाज भिक्षु त हुन सम्भव थिएन। भिक्षुहरूले त्यो पालना गर्दा पनि हिंसामा टिकेको वर्गीय सत्ता कसरी अहिंस्रक बन्थ्यो र ?
यहीँनेर बुद्धका शिक्षामा सबैभन्दा ठूलो समस्या छ, जुन वर्गीय समाजमा लागू हुन सम्भव नै हुँदैन। शोषक र शासक वर्गकै व्यक्ति पनि सबै त्याग गरेर हिँड्न सक्छ, त्यस्ता राजाहरू पनि भेटिन्छन्। तर, ती राजाहरूले छाडेपछि पनि हिंस्रक राज्य त निरन्तर छ, किनभने वर्गले चाहिं स्वेच्छाले आफ्नो वर्गीय हैसियत त्याग गर्दैन। तब हरेक समुदायमा शोषक वर्ग र अत्याचारलाई खत्तम पार्न शोषित र उत्पीडित समाजले सङ्घर्षको बाटो अख्तियार गर्नैपर्ने हुन्छ।
राज्य हिंसाका बलमा चल्ने हुनाले त्यस्तो अत्याचारी राज्यलाई ध्वंस गर्न उत्पीडित वर्ग र समुदायले प्रतिरोधी हिंसा गर्नैपर्ने हुन्छ। अर्को कुनै विकल्प थिएन र छैन। त्यसैले हिंसाकारी सङ्गठित वर्गीय राज्य रहेसम्म अहिंसा वा शान्ति निरपेक्ष हुनै सक्दैन, बरु त्यो त सापेक्षित नै हुन्छ। यसरी समाज बदल्नलाई सबै प्रकारको सङ्घर्षमा जानुपर्ने आवश्यकतामाथि उपेक्षा बुद्ध विचारको सबैभन्दा ठूलो समस्या हो।
अम्बेडकरका विचारमा अरू कस्ता–कस्ता सीमा र समस्या छन् ?
दक्षिण एसियाको जात व्यवस्थाको बारेमा युरोपेली विद्वान्हरू र भारतकै पनि समाज सुधारकहरूले त्यतिबेलासम्म केही रचना लेखेका र भारतका ज्योतिबा फुले आदिले दलितको जीवनमा सुधार ल्याउन थोरै भए पनि प्रयत्न गरेका थिए। केरलका अ®यंकाली जस्ता दलितले भौतिक रूपमै सङ्घर्ष थालेका थिए। त्यसैगरी, आर्यसमाजीहरूले पनि दलितप्रति सहानुभूतिपूर्ण प्रवृत्ति देखाएका थिए।
एक शताब्दीअघि जहाँ महात्मा गान्धी, जवाहरलाल नेहरू, मुहम्मद जिन्ना लगायतले कथित उच्च जात र सामन्त वर्गबाट विकसित भई भारतीय राजनीति हाँकिरहेको समयमा समाजको सबैभन्दा पिँधको समस्यालाई प्राज्ञिक रूपमा र आन्दोलनात्मक राजनीतिसहित राजनीतिको केन्द्रीय भागमा स्थापित गराउन सफल हुनु अम्बेडकरको सबैभन्दा ठूलो योगदान र सफलता हो।
तर, जात व्यवस्थाको उत्पत्ति, त्यसको सामाजिक संरचना, त्यसले निरन्तर उत्पीडनको पुनरुत्पादन गर्ने प्रक्रियाको समग्र चिन्तन गर्ने गरी अध्ययन, लेखन र अभियान चाहिं अम्बेडरको उदयपछि नै दक्षिण एसियामा सम्भव भएको हो। उनी आफैं दलित समुदायमा जन्मिएर प्राज्ञिक स्तरमा बौद्धिकता हासिल गरेर भौतिक रूपमा समेत अभियानको नेतृत्व गर्न तम्सिएको अवस्थाले पनि जात व्यवस्था र दलितका सन्दर्भमा उनका विचारहरू माथिल्लो स्तरमा जीवन्त हुन पुगेका देखिन्छ।
एक शताब्दीअघि जहाँ महात्मा गान्धी, जवाहरलाल नेहरू, मुहम्मद जिन्ना लगायतले कथित उच्च जात र सामन्त वर्गबाट विकसित भई भारतीय राजनीति हाँकिरहेको समयमा समाजको सबैभन्दा पिँधको समस्यालाई प्राज्ञिक रूपमा र आन्दोलनात्मक राजनीतिसहित राजनीतिको केन्द्रीय भागमा स्थापित गराउन सफल हुनु अम्बेडकरको सबैभन्दा ठूलो योगदान र सफलता हो। साथै, आरक्षण, छुवाछुतलाई दण्डनीय बनाउने लगायतका सुधारवादी व्यवस्था आजभन्दा ७० वर्षअगाडिको समाजमा संविधानमै लिपिबद्ध हुनु पनि उनको ठूलो योगदान र सफलता मान्नैपर्छ। उनको लेखन र आन्दोलन हुँदैनथ्यो भने आज दक्षिण एसियामा जुन स्तरको दलित चेतना विकसित हुन पुगेको छ, त्यो सम्भव थिएन।
अन्तर्राष्ट्रिय स्तरमा जात व्यवस्था जसरी अध्ययन–अनुसन्धान र बहसको एउटा विषय आज बनिरहेको छ, यति चाँडै यस्तो अवस्था पनि आउँथ्यो भन्न सकिन्न। यस अर्थमा अम्बेडकर जात व्यवस्थाको उन्मूलन र दलितको मुक्ति आन्दोलनका विश्वस्तरीय एक प्रणेता थिए। उनको चर्चित भनाइ— ‘शिक्षित बन, सङ्गठित होऊ, सङ्घर्ष गर’ त्यतिबेलाको दलित समाजका निम्ति निकै नै महङ्खवपूर्ण आह्वान हो। अम्बेडकरको विचार, जीवनी र सङ्घर्षलाई अध्ययन गर्दा जात व्यवस्थाको संरचनाको अध्ययन र भण्डाफोर, दलितहरूलाई सङ्गठित गर्ने चेतनाको निर्माण र राज्यसत्तामा आफ्नो हिस्सेदारी खोज्ने अभियान नै उनको योगदानको सीमा हो। उनलाई अध्ययन गर्दा र उनको जीवनबाट सिक्दा यिनै कुरामा ध्यान दिनु जरुरी छ।
अम्बेडकर आफ्नो युगका प्रणेता हुन्, तर अपुग हुन्। पहिलो कुरा, उत्पीडित र उत्पीडक दुवैको दर्शन एउटै हुन सक्छ भनेर बुझ्नु नै दार्शनिक रूपमा उनको समस्या हो। वर्गीय समाजमा वा उत्पीडन विद्यमान भएको समाजमा दर्शन पनि वर्गीय हुन्छ। यो यथार्थ अम्बेडकरले दार्शनिक रूपमा सुल्झाउन सकेको देखिएन।
अमेरिका र बेलायतमा बसेर शिक्षा हासिल गरेका उनी पुँजीवादी व्यवस्था र राजनीतिबाट मूल रूपमा प्रभावित भएको देखिन्छ। उनी भौतिकवाद र माक्र्सवादविरोधी हुन पुग्नुको पछाडि केहीले तत्कालीन भारतीय माक्र्सवादीहरूको कमजोरीलाई जिम्मेवार ठहर्याउँछन्। तर, यो दृष्टिकोण ठीक होइन, किनभने अम्बेडकरको बौद्धिक क्षमता र अध्ययनको दायरा त्यतिबेलाका कुनै पनि माक्र्सवादी विद्वान्को भन्दा कमसल देखापर्दैन। उनी भारतीय माक्र्सवादीहरूको सीमाभित्रबाट मात्रै माक्र्सवादलाई बुझ्नुपर्ने स्थितिका व्यक्तित्व होइनन्, बरु विश्वव्यापी रूपमा चलेका कम्युनिस्ट आन्दोलन, त्यसको वैचारिक साहित्य र त्यसका उपलब्धिसँग साक्षात्कार भएका र हुन सक्ने हैसियतका हुन्। त्यसैले अम्बेडकर आफ्नै अध्ययनले नै माक्र्सवादविरोधी र पुँजीवादको पक्षधर बनेको देखिन्छ।
धर्मविना समाज चल्दैन भन्ने दार्शनिक निष्कर्षले उनलाई भौतिकवादबाट अलग रहने दिशामा लग्यो। त्यति मात्र होइन, हिन्दु धर्म त्याग्न जरुरी ठान्दा अनिवार्य रूपमा अर्को धर्ममा प्रवेश गर्नैपर्ने तार्किक अवस्था सिर्जना हुन पुग्यो। जबदेखि विचारधाराहरूले सङ्गठित रूप लिए र राज्य वा सङ्गठित अभियानले त्यसलाई हतियार बनाए, तब नै विचारधाराहरू धर्मका रूपमा अगाडि आएका हुन्। सबै धर्म जब सङ्गठित रूपमा, धर्मका रूपमा अगाडि आउँछन्, तिनले शासक वर्ग र समुदायको हित गर्न र शोषित वर्ग एवम् समुदायलाई शोषण गर्न सहयोग गर्छन् भन्ने यथार्थलाई आत्मसात् गर्न नसक्नु दार्शनिक रूपमा अम्बेडकरको ठूलो समस्या देखिन्छ। ईसाई, बौद्ध वा इस्लाम कुनै पनि धर्ममा आधारित भएका राज्यमा त्यहाँका महिला वा अन्य उत्पीडित वर्ग र समुदायमाथि भइरहेको शोषण र अत्याचारलाई मात्र हेर्दा पनि धर्म कसरी शोषक वर्गको शोषणको हतियार बनेको छ भन्ने प्रस्टै देखिन्थ्यो।
अम्बेडकरले जहिले पनि भारतीय सत्ताधारीको मूल जमातलाई ब्राह्मणहरूको जमात भनी चित्रण गरे। तर, ती ब्राह्मणहरूको सत्ताधारी जमातको जात मात्रै थिएन, उनीहरूको वर्ग पनि थियो। उनीहरू हिजोका सामन्त वर्गबाट आएका थिए र पुँजीवादी राजनीति पनि सँगसँगै गरिरहेका थिए।
धर्म परिवर्तनमार्फत जात व्यवस्थाबाट मुक्ति खोज्ने अम्बेडकरको प्रयत्न राजनीतिक र दार्शनिक दुवै दृष्टिले सही ठहर्दैन। हिन्दु समाजमा धार्मिक क्रियाकलापमा बहिष्कृत रहँदै आएको दलित समुदायलाई भौतिकवादी दिशामा मोड्नुको सट्टा नयाँ धर्म खोज्दै हिँड्ने दिशामा लैजानु एउटा खराब चिजबाट अर्को खराब चिजमा फस्नुजस्तै हो।
धर्म परिवर्तनले बढीमा धर्म परिवर्तन गरेको जमातभित्र पुरानो धर्मसँग सम्बन्धित केही विभेदजन्य सांस्कृतिक मुद्दामा राहत प्राप्त हुन सक्छ। तर, आर्थिक प्रगति त हुँदैन र राजनीतिक क्षेत्रमा पनि उसको हैसियतको वृद्धि हुँदैन। धर्म परिवर्तन गरेर भूमिहीन किसानले जमिन पाउँदैन र राजनीतिक पार्टी तथा सत्तामा पनि उसको प्रतिनिधित्व वृद्धि हुँदैन। जबकि, भूमिहीनता लगायतका आर्थिक जग र राजनीतिक रूपमा कमजोर स्थितिको जगमा नै सांस्कृतिक भेदभाव पनि लगातार टिकिरहेको हुन्छ। दलितको मुक्ति पुँजीवादी व्यवस्थाअन्तर्गत नै खोज्नु राजनीतिक रूपमा अम्बेडकरको सबैभन्दा ठूलो समस्या हो।
दलितको सङ्ख्याको घनत्वको कारणले पुँजीवादी व्यवस्थाभित्र उनीहरूको उत्थान गर्ने अवधारणा नै गलत हुन पुग्दथ्यो। हिन्दु समाजभित्रको २० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई उत्थान सम्भव थिएन, बरु उनीहरूको मुक्ति गर्ने गरी राजनीतिक व्यवस्था नै नयाँ बनाउनु आवश्यक हुन्थ्यो। जुन कुरा पुँजीवादभित्र सम्भव थिएन।
अम्बेडकरले जहिले पनि भारतीय सत्ताधारीको मूल जमातलाई ब्राह्मणहरूको जमात भनी चित्रण गरे। तर, ती ब्राह्मणहरूको सत्ताधारी जमातको जात मात्रै थिएन, उनीहरूको वर्ग पनि थियो। उनीहरू हिजोका सामन्त वर्गबाट आएका थिए र पुँजीवादी राजनीति पनि सँगसँगै गरिरहेका थिए। भारतीय सत्ता एउटै जातबाट मात्रै सत्ताधारीहरू आउने भएको हुनाले जातीय सत्ता थियो। साथै, सामन्त वर्ग र पुँजीपति वर्गबाट मात्रै सत्ताधारी आउने भएकाले त्यो सत्ता जातीय सँगसँगै वर्गीय सत्ता पनि थियो। अम्बेडकरले सत्ताको जातीय चरित्रलाई मात्रै आफ्नो सरोकारको मूल विषय बनाए। तर, त्यस सत्ताको वर्गीय चरित्रलाई उपेक्षा मात्रै गरेनन्, स्वाभाविक पनि ठाने। सिङ्गो समाजलाई शोषण र उत्पीडन गर्ने पुँजीपति वर्गको वर्गीय हैकमलाई स्वाभाविक ठानिसकेपछि पुँजीपति वर्गको सत्ताअन्तर्गत नै जात व्यवस्थाको अन्त्य र दलित मुक्ति पनि सम्भव हुन्छ भनेर सोच्ने स्थितिमा पुर्यायो।
यसरी पुँजीवादी व्यवस्थाभित्र नै आधारभूत रूपमा श्रमिक वर्गको रूपमा रहेका दलितको मुक्ति खोज्ने अम्बेडकरको वैचारिकी सफल हुन नसकेपछि धर्म परिवर्तनतिर पलायन भएको देखिन्छ, जुन एक प्रकारको ऐतिहासिक त्रासदी हो।
(बेला पब्लिकेसन्सद्वारा हालै प्रकाशित, सङ्गीतद्वारा सम्पादित ‘जात वार्ता’ पुस्तकबाट साभार)