काठमाडौं उपत्यकामा थपिए ५०७ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा ३९३ जनमा पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरमा ३९ र ललितपुरमा ७५ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ४७८१, भक्तपुरमा ४५३ र ललितपुरमा ९४० जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर भने थप १०५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। ६ हजार २८६ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार ५६ मा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४३३ जना पुगेको छ। हालसम्म १८ लाख ५ हजार ९७२ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार २४५ रहेको छ।
आज १४८३ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५२५ जना रहेका छन्।
सोही अवधिमा १४ जना कोरोना संक्रमितको भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।