सानिमा ब्यांकले गर्यो औषधि उपचार बीमा भुक्तानी
सानिमा ब्यांकले आफ्ना बचतकर्ताहरूका लागि ल्याएको दीर्घायु बचत योजना अन्तर्गत ब्यांकका बचतकर्ता यादव श्रेष्ठलाई औषधि उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ।
ब्यांकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी श्रेष्ठले ४७ हजार २३० रूपैयाँको औषधि उपचार बीमा भुक्तानी पाएका छन्। सानिमा ब्यांकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरे।
दीर्घायु बचत योजनामा ग्राहकहरूले वार्षिक रू. ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा, रू. ५ हजार सम्मको ओपडी भुक्तानी शुल्कसहित रू. ५० हजारसम्मको औषधि उपचार बीमा (नेपाल र भारतमा गरिने उपचारमा), रू. १० लाखको दुर्घटना बीमा र रू. ३ लाखको ६ घातक रोगहरूको बीमा सुविधा पाउन सक्नेछन्।
श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो। सानिमा ब्यांकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा रहेका निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बरालले बताए।