काठमाडौं उपत्यकामा थपिए ५९४ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ५९४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३३१ पुरुष र २६३ जना महिलामा संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४८७७, भक्तपुरमा ४५० र ललितपुरमा ९९२ जना सक्रिय संक्रमित छन्।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर भने थप १३८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार ६८६ रहेको छ।
आजको पीसीआर ८ हजार ९४७ रहेको छ। हालसम्म १७ लाख ९९ हजार ६८६ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आज १६२१ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५२३ जना रहेका छन्।
यस्तै, सोही अवधिका नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।