बोक्सी आरोप लगाउने ३ जनालाई कैद र जरिवाना
सल्यान जिल्ला अदालतले बोक्सी भन्दै दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई सोमबार कैद तथा जरिवाना तोकेको छ।
शारदा नगरपालिका–१ का २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई कैद र जरिवानको फैसला गरेको हो।
जिल्ला अदालतले जयन्तीलाई ६ महीना कैद र ५ हजार रूपैयाँ जरिवाना तोकेको छ भने सरिता र गीतालाई तीन/तीन महीना कैद र जनही ५०० रूपैयाँ जरिवाना तोकेको रजिष्ट्रार हेमन्त ज्ञवालीले बताए।
गत ५ भदौमा स्थानीय ६० वर्षिया एक महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेपछि प्रहरीले उनीहरूलाई १२ असोज पक्राउ गरी मुद्दा चलाएको थियो।