बूढानीलकण्ठको चुनिखेलमा इन्भेष्टमेन्ट ब्यांकको एटीएम विस्तार
नेपाल इन्भेष्टमेन्ट ब्यांक (एनआईबीएल) ले बूढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम विस्तार गरेको छ।
करुणा अस्पताल परिसरमा स्थापिते एटीएमको ब्यांकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र बुढानीलकण्ठ–१३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे।
ब्यांकले हाल ८३ वटा शाखा, १२६ वटा एटीएमहरू, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित ब्यांकिङ काउन्टरहरूमार्फत सेवा प्रवाह गरिरहेको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘ब्यांक अफ नि इअर’ अवार्ड पाइसकेको ब्यांकले अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट ब्यांक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले ब्यांकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।