काठमाडौं उपत्यकामा ४४२ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २४५ पुरुष र १८८ जना महिलामा संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५०७४, भक्तपुरमा ४४४ र ललितपुरमा १०४० जना सक्रिय संक्रमित छन्।
देशभर भने ६ हजार २२० वटा नमूनाको पीसीआर परीक्षण गरिएकोमा १०१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १२ हजार ९४८ रहेको छ।
हालसम्म १७ लाख ९० हजार ७३९ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आज १६२८ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५२७ जना रहेका छन्।
यस्तै, सोही अवधिमा कोरोनाबाट नेपालमा थप २० जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६१४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।