जिल्ला अस्पत्तालमा औषधि अभाव
सिरहा जिल्ला अस्पतालमा औषधि अभाव भएको छ ।
५० शैयाको अस्पतालमा अहिले कुनै पनि औषधि नरहेको अस्पतालले जनाएको छ ।
एक वर्षदेखि औषधिको आपूर्ति नभएपछि अभाव भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट नागेन्द्र यादवले बताए ।
जिल्ला अस्पतालबाट ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने व्यवस्था छ।
तर सरकारी अस्पत्तालमा आवश्यक औषधि नहुँदा बिरामी निजी क्लिनिकबाट चर्को मूल्यमा औषधि खरीद गर्न बाध्य छन् ।
सङ्घीय व्यवस्थाअनुसार नगरपालिका कार्यालयले औषधि खरीद गरी अस्पताललाई उपलब्ध गराउनुपर्छ ।
तर पटक/पटक जानकारी गराउँदा पनि नगरपालिकाले वास्ता नगरेको डा. यादवको भनाइ छ ।