काठमाडौं उपत्यकामा ४८४ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४८४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै, काठमाडौंमा ३५१ जना संक्रमित थपिएका छन्।
यस्तै, भक्तपुरमा ५९ र ललितपुरमा ७४ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभर भने थप १०९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४० हजार ९८१ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १३ हजार ५८२ रहेको छ।
आजको पीसीआर ६ हजार ४९५ रहेको छ। हालसम्म १७ लाख ८४ हजार ५१९ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आज १७५२ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २५ हजार ५०८ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५३६ जना रहेका छन्।
यस्तै, सोही अवधिमा कोरोनाबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।