काठमाडौं उपत्यकामा ४६० कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ४६० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २५६ पुरुष र २०४ महिला संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५६५१, भक्तपुरमा ४९३ र ललितपुरमा ११२८ जना सक्रिय संक्रमित छन्।
देशभर भने सोही अवधिमा १०२४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ३९ हजार ८८५ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १४ हजार २५५ रहेको छ।
आजको पीसीआर ६ हजार ७४ रहेको छ। हालसम्म १७ लाख ७८ हजार २४ नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आज २२०६ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५३६ जना रहेका छन्।
यस्तै, पछिल्लो २४ घण्टायता कोरोनाबाट नेपालमा थप १० जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।