कोरोना संक्रमित प्रदेश १ प्रमुख अधिकारीलाई काठमाडौँ लगियो
कोरोनाभाइरस संक्रमित भएका प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि शुक्रबार अपरान्ह हेलिकोप्टरबाट काठमाडौँ लगिएको छ।
उनलाईअक्सिजनको कमी भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको हो। प्रदेश प्रमुख अधिकारीलाई गएको १२ मङ्सिरमा कोरोना संक्रमित भएको पत्ता लागेको थियो।
अधिकारीका प्रेस सल्लाहकार खेमराज अधिकारीका अनुसार उनी विराटनगरस्थित निवासमा नै ‘आइसोलेसन’मा बसिरहेका थिए। उनको अहिले काठमाडौँस्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।