काठमाडौं उपत्यकामा थपिए ६०६ जना संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ६०६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा ३५९ पुरुष र २४७ महिला संक्रमित थपिएका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५९९६, भक्तपुरमा ५४० र ललितपुरमा १२५५ जना सक्रिय संक्रमित छन्।
देशभर भने १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमितको हुनेको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १५ हजार ४४७ रहेको छ।
आजको पीसीआर ८ हजार ३१ रहेको छ। हालसम्म १७ लाख ७१ हजार ९५० नमूनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
आज १५७५ जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ। हाल क्वारेन्टिनमा ५३७ जना रहेका छन्।
यस्तै, सोही अवधिमा थप १६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।