सनराइज ब्यांक र रुकुमको सानीभेरी गाउँपालिकाबीच कर्जा समझदारी
सनराइज ब्यांक र रुकुमको सानीभेरी गाउँपालिकाबीच कर्जा प्रवाह सम्बन्धी समझदारी भएको छ।
ब्यांकको केन्द्रीय कार्यालय गैह्रीधारामा ब्यांक सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, रुकुम पश्चिमका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्मा र ब्यांकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याको उपस्थितिमा भएको समझदारीमा सानीभेरी गाउँपालिकाद्वारा अनुरोध/सिफारिस गरिएका संभाव्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख छ।
समझदारीपत्रमा सनराइज ब्यांक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दीपक पण्डित तथा सानीभेरी गाउँपालिकाका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरे।
यी हुन् समझदारीपत्रका मुख्य बुदाँहरू:
- सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा व्यवसाय गर्न चाहने समूहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिमप्राप्त कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरूलाई कर्जाको लागि ब्यांकसमक्ष सिफारिस गर्ने।
- गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरूको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले ब्यांकलाई आवश्यक सहयोग गर्नेछ।
- कर्जा जोखिम न्यूनिकरणका लागि ब्यांमार्फत कर्जा लिएका समूहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरूका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्यूनिकरण कोषको स्थापना गर्नेछ।
- ब्यांकले कर्जा लगानी गरेका ग्राहकलाई एसएमएस लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिँदै छुट समेतको व्यवस्था गर्नेछ।