प्रमुख नहुँदा तीन महीनादेखि जग्गा पासकाे काम ठप्प
जिल्ला मालपोत कार्यालय हुम्लामा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाप्रवाहमा समस्या भएको छ ।
कर्मचारी समायोजनसँगै कार्यालयप्रमुख सरुवा भएर गएपनि नयाँ कार्यालयप्रमुख नआउँदा समस्या भएको हो ।
अहिले मालपोत कार्यालय कम्प्युटर अपरेटर मिमसिंह नेपालीले सम्हालेका छन् ।
निमित्त कार्यालय प्रमुख नेपालीले निमित्तको जिम्मेवारी पाएपनि अधिकार नभएकोले सेवाग्राहीले खाली हात फर्कन बाध्य भएको बताए ।
कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, नामसारी, रजिष्ट्रेशन, वकपत्रजस्ता काम रोकिएको उनको भनाई छ ।