सुर्खेतका तीन सरकारी कार्यालयलाई सेवा सुधार्न साझा पार्टीको ज्ञापनपत्र
सेवा लिन जाँदा आम नागरिकले सास्ती भोग्नुपरेको भन्दै साझा पार्टीले सुर्खेतमा रहेका तीन वटा सरकारी कार्यालयलाई सेवा प्रवाह प्रभावकारी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
साझा पार्टी कर्णाली प्रदेश समितिले बिहीबार मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरेन्द्रनगर नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा मालपोत कार्यालयले नागरिकलाई सहज सेवा प्रवाह गर्न नसकेको र बिचौलियाहरुलाई प्रोत्साहन गरिरहेको उल्लेख छ।
साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालको नेतृत्वमा पेश गरिएको ज्ञापनपत्रमा तत्काल आवश्यक जनशक्ति र प्रविधिमैत्री स्रोत–साधनको व्यवस्था गर्न, सेवा प्रवाहलाई टोकन प्रणालीबाट व्यवस्थित गराउन र ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष सुविधा दिनुपर्ने माग गरिएको छ।