कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
कोरोनाभाइरस संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५५१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका थप १ हजार ३४३ जना संक्रमित भेटिएका छन्। नौ हजार २८९ जनाको पीसीआर परीक्षण ८०९ पुरुष र ५३४ महिलामा संक्रमण पुष्टि भएको हो। बिहीबार भेटिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाभित्रका ५६१ जना रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ छ। जसमध्ये १० हजार २७२ जना घरमै आइसोलेसनमा बसेको मन्त्रालयको तथ्यांक छ। यस्तै, ३८८ जनाको आईसीयू र ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
बिहीबार थपिएका संक्रमितसँगै कुल संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ। तीमध्ये हालसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भइसकेका छन्। बिहीबार २ हजार १११ जना निको भएका छन्।