कर्मचारीमा कोरोना देखिएपछि जुम्ला प्रशासन कार्यालय ३ दिनका लागि बन्द
जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत केही कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि सो कार्यालयको सेवा प्रवाह बिहीबारदेखि तीन दिनका लागि बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले बुधबार सूचना जारी गर्दै सो जानकारी गराएको हो।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी सूचनामा शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक दैनिक नागरिकलाई प्रदान गर्ने सेवा २० मंसीरसम्मका लागि बन्द गरिएको उल्लेख छ।