न्यानो दिने माटोका हीटरको चिसो व्यापार (तस्वीरहरू)
काठमाडौं उपत्यकामा चिसो ह्वात्तै बढिसकेको छ। हरेक वर्ष जाडो बढेसँगै काठमाडौं उपत्यकालगायत देशैभर हीटरको खपत बढ्छ। सस्तोमा पाइने माटोका हीटरहरू भने पछिल्लो समय बजारमा पाइने इलेक्ट्रोनिक हीटरहरूका तुलनामा कम बिक्री हुन थालेको गुनासो व्यवसायीहरूको छ।
भक्तपुरको मध्यपुर थिमि- ६ स्थित गणेश हीटर उद्योगमा माटाेका हीटर बनाउँदै गरेका हीटर निर्माताहरु अहिले माटोका हीटरको बिक्री निकै कम हुने गरेको अनुभव सुनाउँछन्। खाना पकाउन समेत काममा आउने माटोका हीटर अरू समय भन्दा जाडाे माैसममा धेरै बिक्री हुने गरेका छन्।
अहिले बजारमा विभिन्न किसिमका इन्डक्सन चुलाेहरू पाउने हुनाले पहिले जस्ताे व्यापार हुन छाडेको बताउँछन् गणेश हीटर उद्योगका सञ्चालक रामचन्द्र प्रजापति।
तस्वीरहरू: