गोरखामा ४.५ रिक्टरको परकम्प
गोरखाको भीमसेन गाउँपालिका क्षेत्र आसपास केन्द्र बिन्दु भएर मंगलबार ४.५ रिक्टर स्केलको परकम्प गएको छ ।
मंगलबार मध्याह्न १२ बजेर ३५ मिनेट जाँदा गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
विसं २०७२ वैशाख १२ को (७.६ रिक्टर स्केल) को गोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५१७ परकम्प गएका छन् ।